चितवनका एकजना व्यक्ति सुनिल सापकोटा एक्ला सर्प उद्धारक हुन्। उनले जिल्लाका हरेक क्षेत्रमा पुगेर नि:शुल्क सर्पको उद्धार गर्दै चितवन निकुञ्जमा छाड्दै आएका छन्।
दुर्लभ र विषालु मानिने किंग कोब्रा (राजगोमन) सहित चितवनमा धेरै प्रकारका सर्पहरु रहेकाले सर्वसाधारणलाई सचेत हुन उनले सबैलाई आग्रह समेत गरेका छन्।
अहिले यो वर्षाको समयमा गाउँगाउँमा विभिन्न प्रजातीका सर्पहरु निस्किरहेको भन्दै सर्पका उद्धारकर्ता सुनिल सापकोटाले सर्तक हुन सर्बसाधारणलाई आग्रह गरेका हुन्।
गएराति मात्रै चितवनको रामपुरमा भेटिएको कमन कोब्रा (नाजा गोमन ) सर्पलाई समातेर सापकोटाले उद्धार गरे। आज बिहान चितवनको सौराहामा लगेर उक्त नागलाई छाडिएको उनले बताए।
यो सर्पलाई धार्मिक हिसावले बासुकी नाग भन्ने गरिन्छ। विषालु हुने यो सर्प नेपालमा पाईने तीन प्रजातीका सबै चितवनमा भेटिएकेा छ।
त्यस्ती केही दिन अघि मात्रै उनले चितवनमै कालिनाग अर्थात नागा कोथिया सर्पलाईपनि उद्धार गरेका थिए । उनले अहिलेसम्म १३७ वटा सर्प उद्धार गरेर जंगलमा छाडिएको वताए। सर्प बातावरण सन्तुलनका लागि महत्वपूर्ण रहेकाले सर्पको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए।
दुई महिनाअघि चितवनको सौराहाबाट दुर्लभ मानिएको राजगोमन उनले नै उद्धार गरेर निकुञ्जमा छाडेका थिए। जिल्लामा अहिलेसम्म सर्प उद्धारका लागि उनी एकमात्रै छन्। उनले सर्प उद्धारमा निशुल्क सहयोग गर्दै आएका छन्।
असारदेखि यो दुई महिनाको समयमा सापकोटाले बस्तीमा आएका २६ वटा सर्प उद्धार गरिसकेका छन्।
नेपालमा अहिलेसम्म करिव ९१ प्रजातीका सर्प भेटिएको छ। चितवनमा ४५ प्रजातीका सर्पहरु रहेको पाईएको छ। विश्वमा तीन हजार प्रजातीका सर्प पाईएको सापकोटाले बताए। कतिपय सर्पहरु विषालु नभई किसानको साथीको रुपमा मुसा खाने खालका भएपनि मार्नेक्रम बढेको भन्दै उनले यस्तो गर्नु नहुने वताए।
कहिं हिंड्द जुत्ता लगाएर हिंड्ने टचलाईट बोक्ने , बेलुका ओछ्यान टकटक्याएर सुन्ते गर्नाले सर्पको टोकाईबट बच्न सकिने विज्ञहरुले बताएका छन्।