सुनसरीको बराहक्षेत्र गाविस–३ स्थित पुनरवास टोलमा महिला–महिलाबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । महिला महिलाबीचको झडप छुट्ट्याउन जाँदा बराहक्षेत्र–३ की ६० वर्षीया ज्ञानुमाया मगरको मृत्यु भएको हो ।
झगडा छुट्ट्याउन गएकी मगरलाई चोट लागेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सो झडपमा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले स्थानीय तीन जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र–३ की तेलु राय, निलु राय र पवित्रा राय रहेका छन् । रासस