जंगली हात्तीको समूहले फेरि झापाको बाहुनडागीमा आंतक मच्चाउन थालेको छ। भारतीय जंगलबाट नेपाल पसेका हात्तीको समूहले सुक्रबार राति र शनिबार बिहान बाहुण्डागी ८ नम्बर वडामा उधुम मच्चाएका हुन।
जंगली हात्तीले किसानले लगाएको धान बाली खाईदिनुका साथै कुल्चीएर नस्ट बनाएको स्थानीयवासीले जनाएका छन।
धानवाली नष्ट गर्न थालेपछि स्थानीयबासी र प्रहरी चौकी तिरिङखोलाका प्रहरीले हात्तीलाई जंगल तर्फ धपाउन प्रयास गरेका थिए। तर, प्रहरी र स्थानीयवासीको सो प्रयास बिफल भएपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरी हात्ती धपाएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।
प्रहरीका अनुसार बर्षेनि भारतीय जंगली हात्तीले झापाका पूर्वी उत्तर गाविसका हजारौलाई दुःख दिने गरेकेा छ।