पर्सा प्रहरीले १०५ किलो चरेशसहित दईजनालाई पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा मकवानपुरको हेटौडाबाट आइरहेको ट्रकलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको टालीले बीरगन्ज.बडा न.१९ स्थित नगवा पोखरी नजिकै चेकजाँच गर्दा उक्त चरेश पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका नायब उपरीक्षक श्याम कुमार महतोले बबताए।
शुक्रबार साँझ भारतको रक्सौलतर्फ गइरहेको बा २ ख ३०६८ नम्बरको ट्रकको बडिको पछाडिको भागमा फलामले अन्डर ग्राउन्ड बक्स (फ्लस बटम बनाई) लुकाएर राखिएको अवस्थामा चरेश सहित सो ट्रक चालक, सह चालकलाई नियन्त्रणमा लिएको छ।
चरेशसहित चालक जिल्ला मकवानपुर डाडाखर्क गा.वि.स.बडा न.७ बस्ने मानबहादुर घलानको २३ वर्षीय छोरा सूर्यबहादुर घलान र सहचालक सोहि ठाउँका सिताराम घलानको १८ वर्षीय छोरा पदमबहादुर घलानलाई पक्राउ गरि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
एक महिना पहिले पनि हेटौडाबाट रक्सौल गइरहेको ट्रकमा फल्स बटमबाट पर्सा प्रहरीले २४० किलो चरेश सहित ट्रलकलाई पक्राउ गरेपनि तस्करलाई पक्राउ गर्न असफल थियो।