अविरल वर्षासँगै गएराति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकको ठूलो सिरुबारी गाविसमा एक वृद्धाको मृत्यु भएको छ । घरमाथिबाट पहिरो आउँदा ठूलो सिरुबारी–४ ठाडेकी ८५ वर्षीया वेदकुमारी थापा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।
स्थानीय शिक्षक ढलप्रसाद दुलालका अनुसार पहिरो आएको थाहा पाएपछि छुट्टै घरमा बसेका मृतकका भतिजा कृष्णबहादुर थापा भने राति नै श्रीमती र बालबालिकासहित भागेर ज्यान बचाउन सफल भएका छन् ।मृतक थापामगरको छोराछोरी नभएको र श्रीमान्को यसअघि नै मृत्यु भइसकेको बताइएको छ ।
पहिरोबाट घरमा रहेको चारवटा चौपायासमेत मरेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: 2014-08-23 10:48:32