वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको छातापिपरा चोकमा गएराति भएको टाटासुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी ललितादेवी चौधरीको आज बिहान उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा मृत्युभएपछि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी हरपुरकै ज्ञाना चौधरी, परमानन्द चौधरी र जयकिशोर चौधरी घाइते भएका छन् । घाइते तीनै जनाको नारायणी उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ ।
काठमाडाैंबाट वीरगन्ज आइहरहेको ना. १ ज ४२६१ नम्बरको टाटासुमो र काठमाडौँ जाँदै गरेको ना ३ ख ५२९३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । रासस