मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रुको मृत्यु भएको छ ।
भरतपुरको केन्द्रीय बसपार्कबाट बाइपास रोड हुँदै आँपटारी जाँदै गरेको ना ३० प २०६१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा भरतपुर नगरपालिका–११ का साइकलयात्रु टोपबहादुर रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले आज जानकारी दिएको छ ।
शुक्रबार अपराह्न भएको दुर्घटनामा परी गम्भीर घाइते भएका रानाभाटको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: 2014-08-23 09:01:33