पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुनसरीको डुम्रहा–६ भासीमा शुक्रबार साँझ बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ३०९१ नम्वरको जय माँ काली बसले विपरित दिसाबाट आउँदै गरेको बा५९प ९७९४ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जना धनकुटा वेलरा–४ बस्ने ३५ वर्षीय विकास विक र २५ वर्षीय जङगबहादुर विकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मृतक विकद्वयलाई शवपरीक्षणका लागि जिल्ला अस्पताल ईनरुवामा राखिनुका साथै ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको अस्पताल बिटका प्रहरी इन्चार्ज रामसुन्दर यादवले जानकारी दिए ।