सर्वसाधारणको पैसा लिएर फिर्ता नदिएको अभियोग लागेका ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाई सर्वोच्च अदालतले थुनामा राख्न आदेश गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरु गिरीश चन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। उक्त इजलासले पुनरावेदन अदालत पाटन र जिल्ला अदालत काठमाडौँले बस्नेतलाई धरौटी मागेर तारेखमा छोड्न गरेको आदेशलाई बदर गरिदिएको छ।
‘काठमाडौँ जिल्ला अदालत बाट २०६९ माघ २१ र पुनरावेदन अदालत पाटनबाट २०७० साउन २४ मा भएको आदेश मिलेको नदेखिंदा बदर गरी दिईको छ। पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा प्रतिवाद सुधीर बस्नेतलाई पुर्पक्षको निमित्त थुनामा राखी मुद्दाको कारवाई गर्नु,’ सर्वोच्चको आदेशमा उल्लेख छ।
सर्वसाधारणबाट करोडौँ रुपैँया लिएर फिर्ता नगरि ठगी गरेको आरोपमा उनी विरुद्ध सरकारले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।