धनुषाको देवपुर रुपैथा–७ मा एक युवकले जेठी श्रीमतीको घाँटी थिची हत्या गरेका छन् । ३० वर्षीय रामबाबु महताले शुक्रबार पौने २ बजे २६ वर्षीया जेठी श्रीमती सान्जिला महतोको हत्या गरेका हुन । श्रीमतीको हत्या पछि उनी आफै जिल्ला प्रहरी कार्यालय धनुषामा आफै उपस्थित भएका थिए । इलाका प्रहरी कार्यालय फुलगामाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा गई हेर्दा सान्जिला महतोलाई मृत अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।