पृथ्वी राजमार्ग अन्तर्गत मलेखु नजिकै त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन । वीरगञ्जबाट काठमाडौं आउँदै ना १ ख ८१८२ नम्बरको ट्रक बुधवार राती अनियन्त्रित भई सडकबाट झन्डै सय फिट तल त्रिशुली किनारमा खसेको हो । मृतकको सनाखत हुन सकेको छैन ।