नेपाल यसै त विश्वमा सुन्दर देश भनेर चिनिन्छ, त्यसमाथि हिमालपारीको देशको त कुरै नगरौ। नेपालमै पर्ने मुस्ताङ अझ पनि आफ्नो पोल्टामा प्रकृतिको बिशाल भण्डार बोकेर बसेको छ।
१५ औ शताब्दीको राजमहल लगायत शताब्दी पुराना कथा बोकेर बसेको छ मुस्ताङ, सानो राज्य र छुट्टै राजा भएको हिमालपारीको देश।
सन १९९९मा सुरु भएको मनाङ युवा समाजले मुस्ताङलाई कला मार्फत चिनाउने नौलौ सुरुवात गरेको छ। ६ महिला कलाकारहरु लिएर काठमाडौंकाे बबरमहलस्थित नेपाल कला परिषदमा भदौ २ देखि ५ सम्म "फ्र्यागमेन्स अफ मुस्ताङ" चित्रकला तथा फोटो प्रदशनी भईरहेको छ।
नेपालको चित्रकलामा स्थापित भईसकेका ख्याती प्राप्त चित्रकार इरिना ताम्राकार, सुनिता राणा, विधाता के.सी, बिपना महर्जन र पूजा महर्जन राजभण्डारी सहित फोटोग्राफर सजना श्रेष्ठ सहितको सयुंत्त घुमघामको उपज हो यो प्रदर्शनी।
उपल्लो मुस्ताङ र सेरोफेरोको दृश्यहरु सुन्दर चित्र तथा फोटोमा हेर्न पाउछौ यो प्रदशनीमा। इरिना ताम्राकार, सुनिता राणा, विधाता के.सी, बिपना महर्जनले मुस्ताङको भुदृश्यलाई आफ्नो चित्रकलामा समेटेका छन यसैगरी पुजा महर्जन राजभण्डारीले भने मुस्ताङबासीहरुको कथा व्यथा आफ्नो चित्रमा उतारेका छन्। फोटोग्राफर सजना श्रेष्ठले उपल्लो मुस्ताङको सुन्दर प्रकृतिलाई सरल ढंगले आफ्नो फोटोमा उतारेका छन।
प्रकृतिप्रेमी र कलाप्रेमीहरुले छ्टाउन नहुने कला प्रदर्शनी हो यो "फ्र्यागमेन्स अफ मुस्ताङ" चित्रकला तथा फोटो प्रदशनी।