पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–५ मा बुधबार ट्रकको ठक्करबाट सडकमा हिँडिरहेका एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४३८७ नम्बरको ट्रकको ठक्करबाट कालीकोट शिउना–६ बस्ने १८ वर्षीय विष्णु फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस