विभिन्न माग राखी आन्दोलनमा उत्रिएका गोदावरी भिलेज रिसोर्टका कर्मचारीले आफ्ना मागप्रति बेवास्ता गरिएको भन्दै गुनासो गरेका छन् ।
कर्मचारीले एक महिनादेखि श्रम ऐनको दफा ७६ अनुसार उपदानको व्यवस्था गरिनुपर्ने र हालको महङ्गीलाई सम्बोधन गर्ने गरी तलबभत्तामा २५ प्रतिशतले वृद्धि गर्नुपर्नेलगायतका माग राखी आन्दोलन गर्दै आएको आन्दोलनरत कर्मचारी अच्युत केसीले बताए ।
अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर सङ्घ गोदावरी भिलेज रिसोर्टका इकाइ अध्यक्ष जीवन लुर्इंटेलले बुधबार पत्रकारसँग कुरा गर्दै आन्दोलन गरेको लामो समयसम्म पनि सम्बन्धित निकायले कुनै चासो नदिएको बताए ।
व्यवस्थापनले सोमबार ढोकामा ताला लगाएपछि आन्दोलनरत कर्मचारी ढोका नजिकै आन्दोलन गरिहेका छन् । बिहीबार सम्बन्धित निकायमँग वार्ता बस्ने आन्दोनकर्मीको भनाइ छ । लुइँटेलका अनुसार हाल सो रिसोर्टमा करिब १६० जना कर्मचारी कार्यरत रहेका र भएका सबै कर्मचारी आन्दोलनमा उत्रेकाले दैनिक १०० भन्दा बढी सेवाग्राही मर्कामा परेका छन् । रासस