तेह्रथुम जिल्लाको सोल्मा–८ का ४५ वर्षीय मोहन लिम्बूले आफ्नै भतिजी बुहारीको भाला प्रहार गरी हत्या गरेका छन् ।
घरायसी विवादका कारण १९ वर्षीय भतिजी बुहारी फूलमायाँ लिम्बूलाई भाला प्रहार गरी हत्या गरेका हुन् । मङ्गलबार अपराह्न काकाससुरा र भतिजीबुहारीबीच झगडा भएपछि ससुराको भाला प्रहारबाट बुहारी फूलमायाँको घटनास्थलमा नै मृत्यु भएको हो ।
त्यस्तै काकाको भाला प्रहारबाट २१ वर्षीय भतिजा वीरेन्द्र लिम्बू पनि गम्भीर घाइते भएका छन् । घाइते भतिजा वीरेन्द्रको थप उपचारका लागि बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ । हत्या गर्ने मोहनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस