बुहारी जिस्काएको निहुँमा छिमेकीसँग झडप हुदाँ कपिलवस्तुमा ससुराको मृत्यु भएको छ । शिवरजा नगरपालिका– ५ सन्डीमा सोमवार राति बुहारीलाई छिमेकमा रहेका २ जनाले जिस्काएको भन्दै दुई परिवारबीच झडप हुँदा ५५ वर्षे गद्दी चौधरीको मृत्यु भएको हो ।
घटनामा अन्य ४ जना घाइते भएका छन् । राधेश्याम कुर्मी र रामकिशुन कुर्मीले गद्दीको बुहारीलाई जिस्काएका थिए। घर आइ बुहारीले उनलाई भनेपछि उनी झगडा गर्न गएका थिए । राधेश्याम र राम किशुनले चिर्पट र लठ्ठीले हिर्काउदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।