कृष्णपुर–४ कोइराल भुजियाका ४३ वर्षीय टेकबहादुर ऐरको शरीरमा तातो पानी खन्याएर हत्या गरिएको छ ।
त्रिवेणीचोक नजिकको पल्टुराम चौधरीको खेतमा उनी आइतबार राति मृत अवस्थामा फेला परेका थिए । तातो पानी खनाउँदा शरीरको छाला पूरै खुइलिएको र घाँटीमा घाउ रहेकाले हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताए ।
स्थानीय धनबहादुर शाहको पसलमा बसेर ऐरसँग नानु चौधरी, कमल डागर र नरेन्द नेपालीले मदिरा सेवन गरेको र वादविवाद हुँदा चारै जनाले उनीमाथि तातो पानी खन्याएर हत्या गरेको स्थानीय बासिन्दाको भनाइ उद्धृत गर्दै प्रहरी नायब निरीक्षक नाथले बताए ।
पसल सञ्चालक शाहसहित चारै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान थालिएको उनले बताए । मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस