चितवनको क्षेत्रपुरबाट मोलतोलकै समयमा बरामद गरिएको गैँडाको खाग नक्कली भएको पुष्टि भएको छ ।
परीक्षणका लागि काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको खाग नक्कली भएको पुष्टि भएको चितवनका जिल्ला वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।
चैतको पहिलो साता मोलतोल गर्दैगर्दा उक्त वस्तुसहित चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको थियो । जिल्ला वन कार्यालय चितवनको हिरासतमा रहेका चार जनालाई नेपालको अनुसन्धान व्युरो सिआवीले विशेष सुराकीको आधारमा चितवन प्रहरी र सिआइवीको संयुक्त टोलीले पक्राउ गरेको थियो।
प्रहरीले ४० लाखमा मोलतोल गर्दै गर्दा उक्त वस्तु बरामद गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो।