इच्छाएको पूरा हुने सपनामा वर्षेनी लाखौंको संख्यामा बोलबमको पारखीहरु चतरादेखि जल लिएर पिण्डेश्वर मन्दिरमा भीड लाग्ने महिना हो यो। हिन्दु आरध्यदेव महादेवलाई साउन महिनामा जल चढाएमा मनको सोचको कुरा पुग्नेमा विश्वास राखेर धरानको पिण्डेश्वर मन्दिरसम्म चतराको जल लिएर भक्तालुहरु कष्टका साथ आइपुग्छन्।
२०३९/४० सालदेखि धरानमा पिण्डेश्वरमा बोलबमको रौनक सुरु भएको हो। त्यसबेला ढेडसय भक्तालुहरु मन्दिर परिसरमा पाइला टेक्दा धेरै भक्तालुहरु पुगेको महसुस गर्थे। तर, पछिल्लाकालमा बढ्दै गएको बोलबमको क्रेजले धरान साउन महिनामा गेरुवस्त्रधारीहरुको हुन्छ। सडक, बजार, सवारी साधन जहितही गेरुबस्त्रधारीहरुले धरान बजार र मन्दिरहरु घेरिएका हुन्छन्।
सुरुवातीसालमा आमाबुबाहरुले मात्रै गेरुबस्त्र धारण गरेर कोशीको जल मन्दिरसम्म चढाउन आइपुग्थे, पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सम्झन्छन्। तर, अहिले स्वरुप फेरिएको उनको बुझाई छ। पछिल्लाकालमा आउने भक्तालुहरु मध्ये ६० प्रतिशत बढी युवायुवती रहेको उनको ठम्याई छ। 'पहिले ढेडसय आउदा पनि धेरै आएको ठान्थ्यौ, उनी भन्छन् 'तर, अहिले केहीवर्ष यता ३ लाखको हाराहारीमा आइरहेका छन्। त्यसमा पनि युवायुवतीको संख्या धेरै छ। बुढाबुढी त नगन्य भइसके।,
२८ वर्षदेखि निरन्तर अध्यक्ष रहेका श्रेष्ठले आश्थासँगै रमाइलोका लागि युवायुवतीहरु बढेको हुनसक्ने बताउँछन्। तर, केही विकृतीहरु पनि भित्रिदै गएको उनको बुझाई छ। तीनवर्ष अघिको स्मरण गर्दै उनले भने 'भक्तालुहरुमा बोलबमका नाममा मोजमस्ती गर्ने गरेको सुन्नमा पनि आयो।, केही विकृतिहरु भए पनि समग्रमा जल चढाउनेहरु आश्था र विश्वासका साथै जल चढाउने आइपुग्ने उनी बताउँछन्।
तीन वर्षदेखि पिण्डेश्वर आउँदै गरेकी काकडभित्ताकि विमला विष्ट (२६) यसपटक पनि आउने सोचमा छिन्। सुद्ध मनले चाहेमा आफूले मागेको कुरा पूरा हुने चाहानामा वर्षेनी आउने उनलाई इच्छाएको पूरा भएको बताउँछिन्। 'सोचेको पूगिरा'छ, त्यहि भएर हरेक साल आइरा'छु : उनले भनिन्। पछिल्लो पुस्ताहरुको बोलबम क्रेजले बोलबमलाई समेत फ्युजन बनाएको छ। आश्थाको केन्द्र भगवान महादेवलाई मागेको पूरा हुने बाहानामा आउनेहरु धेरै त रमाइलो गरेर विताउनेसमेत गरेका छन्।
जसको कारणले बोलबमप्रति अहिलेका बुढाबुढीहरुको नकरात्मक भन्न थालेका छन्। आश्था राखेर आउनु त राम्रो कुरा हो तर, बोलबमलाई मनोरञ्जको साधन मानिदिनाले केही बोलबम प्रति बुढाबुढीको धारणा गलत भएको धर्मराज तिम्सिनाले बताए। सुद्ध मनले जल चढाएमा चाहेको कुरा पूरा हुन्छ, तर, रमाइलोका लागि मात्रै हो भने त्यो रमाइलो मात्रै हुनेछ, उनी भन्छन्।
बोलबम भन्ने वित्तिकै बृद्धबृद्धाहरुको जमघट हुने थलोको रुपमा पहिले लिइन्थ्यो। बोलबम भजन गाउँदै जल लिएर तिर्थालुहरु साउनको वेलामा बैदिक धामहरुमा गइ पवित्र जल महादेवलाई चढाउने परम्परा पुरानै हो। तर, आजकाल फेरिएको छ बोलबमको शैली। युवायुवति क्रेजसँगै बोलबम पनि रिमेक भएको छ। साउन महिनामा भगवान शिवको पूजा आरधाना गरे चिताएको कुरा पुग्ने आशाले युवायुवतीहरु प्रेमी र प्रेमीका या असल पतिपत्नि पाउँने आशाले पिण्डेश्वरमा जलाभिषेक गर्छन्।
रुद्राक्षको उद्गम स्थल भएकोले यो क्षेत्रालाई धर्मशास्त्र स्कन्ध पुराणमा रुद्राक्षरण्य क्षेत्रको रुपमा लिइन्छ। बोलबमलाई रमाइलोका रुपमा पनि युवायुवतिहरुले परिभाषित गर्ने गरेका छन्। चिताएको कुरा पुग्ने र साथीभाइहरुसँग रमाइलो गर्न पाउने भएकाले बर्षेनी बोलबममा जलाभिषेक गर्न आइपुग्ने गरेको मोरङ सनिस्चरेकी अन्जना लिम्बू (१६) बताउँछिन्। उनको तेस्रो पटक बोलबमका लागि तयार भइरहेकी छिन्। उनी आफ्नो परिवार र पढाईलाई निरन्तरता दिन सकियोस् भन्दै जल चढाउन आउने गरेको बताउँछिन्।
युवतीहरु मात्रै हैन बोलबममा युवाहरुको पनि उत्तिकै विश्वास रहेको छ। विराटनगरका जयराम मगर (२६) को ७ पटक पूरा भइसकेको छ। रमाइलो मात्र हैन, मनाकामना पूरा हुने भएकाले पनि जल चढाउन आइपुग्छन्। उनले आफ्नो परिवार राम्रो होस् भन्ने कामनाले सात पटक यात्रा गरिसकेको बताउँछन्।
२०६६ को तथ्याकलाई हेर्ने हो भने करिव २ लाख ५० हजार भक्तालुहरु धरानमा जलाभिषेक गर्न आइपुगको छन् त्यसमध्ये पनि युवायुवतीको संख्या ७० प्रतिशत छ। त्यस्तै २०६७ सालको तथ्याकमा करिव ३ लाख भक्तजनहरुले जलाभिषेक गरेका छन्। त्यस्तै २०६८ मा २ ला ६० हजार बढीले जलाभिषेक गरेका छन्। त्यो तथ्याकमा वृद्धवृद्धाहरुको संख्या मात्रै ३५ देखि ४० प्रतिशतमात्रै को संख्यामा जल चढाउने गरेका छन्।
पिण्डेश्वर मन्दिरमा जलाभिषेक गर्न आइपुगेका भक्तालुहरु। तस्बिर : सेतोपाटी