पूर्व पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा विशेष सुराकीको आधारमा एक युवालाई दशकेजी सूनसहित पक्राउ परेका छन्।
काठमाडौंबाट धरानका लागि छुटेको ना ४ ख ६०९८ नम्बरको न्यु कोशी सुपरबाट मेलविसौना १ बझागका २१ वर्षीय खम्बिर रौले सुनसहित पक्राउ परेका हुन्। रौलेको साथबाट १० हजार रुपैया, एकथान मोबाइलसमेत बरामद् गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी निरीक्षक गोविन्द पूरीले फोनमार्फत जानकारी दिए।
प्रनी अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरेको हो। उनले सुन धरान ल्याउँदै गरेको बुझिएको छ। हाल थप अनुसन्धान भइरहेको प्रनी पूरीले बताए।