अप्राकृतिक जवरजस्ती करणी यौन कार्य गरेको आरोपमा एक विदेशी नागरिकलाई कास्की प्रहरीले पक्राउ गरेको। पक्राउ पर्नेमा फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलीभर रहेका छन्। पोखरा घुम्न आएका उनले १४ वर्षीय बालकलाई अप्राकृतिक यौन कार्य गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनले बालकलाई नागै पारेर योनांग खेलाउने र आफनो उत्तेजित गुप्ताग मुख तथा शरीरको अन्य भागमा घर्षण समेत गराउने गरेको प्रहरीले जनाएको छ। उनी विरुद्ध अप्राकृति यौन कार्य गराएको उजुरी परेपछि पक्राउ गरिएको कास्की प्रहरी प्रवत्ता केदार रजौरेले बताए ।
उनी विगत केही वर्षदेखि नेपाल भ्रमणमा आएका र पोखराको लेकसाईडमा बस्दै आएका बालकलाई उनले सधै भेटघाटका लागि बोलाउने फुटबल, टिटि बल लगायत अन्य सामान खरिद गरिदिइ यौन कार्यमा लगाउँदै आएको प्रहरीले जनाएको छ ।
उनलाई बिहिबार पक्राउ गरि जबरजस्ती करणी मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार यसभन्दा अघिपनि उनी पोखरा आएको र पटक पटक अन्य बालकहरुलाई समेत ललाई फकाई गरि अप्राकृतिक यौन क्रियाकपलाप गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।