बन्ध्याकरण गरेको केहि बेरमै बोका मरेपछि झापाको शनि-अर्जुन नगरपालीका ७ का स्थानीयले स्थानीय पशु सेवा केन्द्रको कार्यलयमा ताला लगाइदिएका छन्। उनीहरुले मरेको बोकाको क्षतिपूर्ति माग गर्दै पशुसेवा केन्द्ररमा ताला लगाइदिएका हुन्।
गएको असार २७ गते स्थानीय सिताराम थापाले पशुसेवा केन्द्रमा २ बोका बन्ध्याकरण गर्न लगेका थिए। पशुसेवा केन्द्रका प्रमुख पदम राई कार्यलयकै कामले अन्यत्र गएकोले कार्यालयका सहयोगी धर्मेन्द्र साहले बोकाको बन्ध्याकरण गरेको पिडीत थापाले सेतोपाटी लाई बताए।
उनले भने ,'बन्ध्याकरण गरेको १ घन्टा बित्न नपाउदै दुईवटै बोका मरेपछि क्षतिपुर्तीका लागी पशुसेवा केन्द्रमा ताला लगाईएको हो।” स्थानीय बासीसमेतले अदक्ष प्राविधिकले गरेको बन्ध्याकरण असफल भएपछि बोका मरेको बताएका छन।