जिल्ला प्रहरी कार्यालयले बाँकेले २ सय ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपालगन्जको फुटेग्रामा लागू औषध ब्राउन सुगर बिक्री गर्ने तयारीमा रहेका भारतको बहराइचका मोहमद इराफ अख्तर र बडकउ खानलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो।
अभियुक्तहरुले जुत्ताको मोजामा लुकाएर मोटरसाइकलबाट भारतको रुपैडिया हुँदै ब्राउन नेपालगन्ज ल्याएका थिए। पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय बाकेले पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ।
उनीहरुले भारतबाट लुकाई छिपाई ब्राउन सुगर नेपालगन्जमा ल्याएर बेच्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेको ब्राउन सुगरको नेपाली मुल्य करिब २० लाख रहेको छ।
प्रहरीले बरामद गरेको ब्राउन सुगरको परिमाण हाल सम्मकै सबै भन्दा बढी रहेको बाकेका प्रहरी नायब उपरिक्षक शुसील राठौरले बताए।
नेपालगन्जबाट भारततर्फ गाजा चरेश जस्ता लागू औषध जाने र भारतबाट ब्राउन सुगर नेपाल आउने गरेको प्रहरीले जनाएको छ।
बाँके जिल्लामा लागु औषधको अबैध कारोबार नियन्त्ररण प्रहरीले अप्रशेन किलिन संचालन गर्दै आएको छ। लागू औषधको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा बाँके प्रहरीले गत बर्ष १ सय ३५ जनालाई पक्राउ गरी कानुनी कारबाही चलाएको थियो।