बुर्किना फासोबाट अल्जेरियाको राजधानी अल्जियर्स उडेको अल्जेरिया एयरलाइन्स उडेको जहाज बिहीबार उडेको केहीबेरमै बेपत्ता भएको छ।
जहाजमा छ उडान दलका सदस्यसहित ११६ यात्रु थिए। तीमध्ये ५० फ्रेन्च रहेको एयर अल्जेरियाले जनाएको छ। बुर्किना फासोबाट साप्ताहिक चार उडान यो चार घन्टाको रुटमा उड्ने गर्छ।