विभिन्न तरल पदार्थहरु मिसाई नक्कली मोविल बनाई काठमाडौँका विभिन्न स्थानमा विक्री बितरण गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१४ बस्ने भारत मोतिहारी जिल्ला गोविन्दगंज घर भएका २४ बर्षीय दिपु गुप्ता , सुन्दर केसी, बिराटनगर उपमहानगरपालिका–२१ घर भएका ४२ बर्षीय श्याम साह सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३४ आलोकनगर स्थित एसटि टेर्ड्समा मोविल बितरण गरी बसेका भक्तपुर जिल्ला छालिङ–२ घर भएका २९ बर्षीय सुन्दर केसीसँग सोधपुछ गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
बल्खु स्थित सटर भाडामा लिई भारत मुजफरपुर मोतिपुर थाना घर भएका २६ बर्षीय बिनय मालाकार समेतले विभिन्न तरल पदार्थहरु मिसाई नक्कली मोविल बनाई काठमाडौको विभिन्न स्थानमा विक्री बितरण गर्ने गरेको भन्ने बताएपछि प्रहरीले उनीहरुलाई विभिन्न प्रकारका नक्कली मोविल सहित पक्राउ गरेको थियो ।