हत्या गरेर फालेको अवस्थामा लहान नगरपालिकास्थित सहकारी डिभिजन कार्यालयको अगाडि आज दिउँसो एक पुरुषको शव फेला परेको छ ।
शव गन्हाएपछि स्थानीयले थाह पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर पानीमा रहेको शव बाहिर निकालेको छ । उक्त शव मुस्लिम समुदायका अन्दाजी ४० वर्षीय व्यक्तिको भएपनि नाम र ठेगाना भने नखुलेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
हत्या गरेर फालेको वा आफै मरेको विषयमा अहिले केही भन्न नसकिने प्रहरी निरीक्षक निरौलाले बताए । रासस
प्रकाशित मिति: 2014-07-22 18:11:06