रतुवामाइ बृक्षारोपण आयोजना र पाथिभरा गण शसस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले आज अपराह्न झापाको शिवगञ्जबाट गोलीया काठ बरामद गरेको छ। बेवारीसे अवस्थाको मसला र टिक जातको सो काठ सुराकीको आधारमा बरामद गरीएको रतुवामाइ बृक्षारोपण आयोजनाले जनाएको छ।
आयोजननको जंगलबाट हरिया रुखको तस्करी भएको गुनासो बढेपछि शसस्त्र प्रहरीको सहयोगले आयोजनाले २४सै घन्टा सर्च अभियान सञ्चालन गरेको छ। आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार स्थानीय बासीको सुराकका आधारमा छापा मार्दा शिवगञ्ज ७ को व्यांडाडामा अवैध गोलीया बरामद गरिएको हो।
संयुक्त गस्ती टोलीले बरामद गरेकेा सो गोलीया १६ थान को ३५ क्युफिट परिमाण भएको आयोजनाले जनाएको छ। सो काठको बजार मुल्य १ लाख बढी हुने बताइएको छ।