खुकुरीमा धार लगाउने क्रममा लडेर सोही खुकुरी छातीमा रोपिँदा खोटाङमा एक बालकको ज्यान गएको छ ।
राजापानी–७ का प्रेमबहादुर राईका ११ वर्षीय छोरा प्रदीप राई सोमबार बेलुका पिँडीमा बसेर खुकुरीमा धार लगाउँदै गर्दा चिप्लिएर खुकुरीमाथि लडेर छातीमा घोपिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । छातीमा गहिरो चोट लागेका उनको घटनास्थलमै ज्यान गएको स्थानीयवासीको भनाइ छ ।
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताए । उनका अनुसार घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीको टोलीसमेत खटाइएको छ । रासस
प्रकाशित मिति: 2014-07-22 12:32:36