महेन्द्र राजमार्गको नवलपरासी मुकुन्दपुर सडकखण्डमा शुक्रबार बिहान बस र ट्रक एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।
घटनामा परि अन्य १८ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये ३को अवस्था गम्भीर छ ।
ना ४ ख ४६३५ नम्बरको ट्रक र ना ३ ख ७५५१ नम्बरको बस जुध्दा हुम्ला सिमीकोटका २१ बर्षिय देवजङ रावतको मृत्यु भएको हो अन्य घाइतेहरुको मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।