कालीकोटको मान्ममा आएको पहिरोमा पुरिएर बेपत्ता भएकी विष्णा पाण्डे मृत अवस्थामा फेला परेकी छन् ।
आइतबार साँझ सदरमुकाम मान्ममा खाना बनाउन लागेको समयमा आएको पहिरोका कारण पुरिएर बेपत्ता भएकी विष्णाको उद्धारका क्रममा नेपाली सेना, नेपाल प्रहरी र रेडक्रसका प्रतिनिधिको टोलीले नसकेपछि सोमबार बिहान डोजरमार्फत खोजी गरेपछि पाण्डे मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वर्षाका कारण बालविकास आवासीय विद्यालयमा पहिरो आएपछि विद्यालयसमेत बन्द भएको छ । रासस
प्रकाशित मिति: 2014-07-22 07:04:40