• २०७१ साल वैसाख ३१ गते मोरङ हसन्दह–८ का ३० वर्षीय रमा भनिने दिलबहादुर लिम्बु २९ वर्षीया बिष्णु लिम्बु घाटी रेटी हत्या।
• २०७० भदौं २१ गते राष्टि्रय फुटबलर धरान १७ का ३४ वर्षीय विष्णु सुनार ३८ वर्षीय आफ्नै श्रीमती सावित्री सुनारको हत्या।
• २०७० साउन २४ गते लखनपुर–१ का २४ वर्षीय नुमहाङग राईले २५ वर्षीया अनिता राईलाई कुटपिट गरी हत्या।
माथिका प्रतिनिधि घटनामा हत्याका विविध कारण देखिए पनि अधिकांश घटना यौन कुण्ठा र परस्त्री तथा परपुरुषसँगको अवैद्य सम्बन्ध सबैभन्दा मूख्य कारक देखिदै आएको छ। पछिल्लो समय आफ्नैले आफ्नैलाई गरिने हत्याबाट जोगिन बेलैमा सचेत हुनु पर्ने देखिएको छ।
त्यसले समाजिक विखण्डता बढाइरहेको छ भने युरोप र अमेरिकाको साँस्कृतिले नेपालमा पनि मान्यता पाउन थालेको भान हुन्छ। मानौं, अव यस्ता कुराले सामाजिक मान्यता पाउन थालेका हुन्। परपुरुष र परस्त्रीसँगको अवैद्य यौनान्दले पारिवारिक विखण्डन मात्रै ल्याइरहेको छैन। आवेशमा आएर गरिने यस्ता घटनाकोअन्तिम विन्दु जेलको चिसो सिडी बनिरहेको छ।
धरान(१७ सुनौलो मार्गका चत्रबहादुर लिम्बूले असार २६ गते राति श्रीमती विमला लिम्बूलाई अवैद्य सम्बन्धको शंकाकै आधारमा मृत्युको मुखमा पुर्याए भने उनी अहिले हिरासतमा छन्। चाडै नै उनी अदालती फैसलापछि कर्तव्यज्यान मुद्दा अन्तर्गत कारबाही भोग्ने छन्। झण्डै १४ वर्ष भन्दा बढी वैदेशिक रोजगारीमा बिताएका लिम्बूले ९ वर्ष अघि बिमलासँग बिहे गरेका थिए। बिमलासँगको बसाईपछि दुइ छोरी पनि जन्मिएका उनी गत पुषमा सधैको लागि छाडेर नेपाल बस्ने तयारीमा आएका थिए।
तर, परपुरुषसँगको सन्सर्गले गर्दा बिमलाले मृत्युको मुखमा पुग्नु पर्यो भने उनी जेलको कालकोठरीमा पुगेँ। 'खैं एकवर्ष अघिदेखि केटासँग उसको सम्बन्ध थियो भन्ने सुनियो।' छिमेकीहरु भन्छन् 'हामीले पनि केटीलाई धेरैपटक सम्झायौं, यस्तो गर्नु ठिक होइन भनेर।' तर, ति महिलाले नै आफूले फोन गर्दैमा के हुन्छ र भन्ने जवाफ श्रीमान र छिमेकीहरुलाई फर्काउथिन्। श्रीमानले पनि आफू विदेशमा हुँदा जे भयो जे गर्यो त्यो ठिकै छ तर, आफू यहाँ हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुनका लागि बारम्बार भन्दा पनि नसुने पछि हत्यासम्मको बाटो अपनाउन पुगे।
चक्रबहादुरको घटना प्रतिनिधि मात्रै हो। असार २६ गते राति नै झापा कन्काई ७ का उमानाथ गहतराजले पनि यौन संसर्ग गर्न नदिएको झोँक श्रीमती मञ्जुलाईमृत्युको मुखमा पुर्याए। हर्ट एट्याक नाम दिइएका उमानाथले घाट पुर्याइसकेपछि प्रहरी हिरासतमा तानिए। र, घटनामा हर्टएट्याक नभई कर्तव्य ज्यान अभियोगमा जिल्ला तानिए। उनी अहिले झापा जिल्लामा अदालतको फैसलाको पर्खाईमा छन्। यस्ता अधिकांस घटनामा जोडिएका मृत्युहरुको कारण अनेकन देखिए पनिमूख्य चाही यौनसँगै जोडिने गरेको प्रहरीहरुको भनाइ छ।
'कारण अनेकन देखिन्छन्।' प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी गणेश केसी भन्छन्। वैदेशिक रोजगारीमा जसरी युवाहरु आर्कषित भइरहेका छन् त्यसले आर्थिक समाजिक पाटोमा सहयोग पुर्याइरहे पनि घरेलु हिंसा भने बढिरहेको छ। घरमा अविश्वासका संकटहरु देखिरहेको उनी बताउँछन्। यही कारण पनि कतिपयले आत्महत्यासम्मको बाटो रोज्नेसम्मको अवस्था देखिएको उनी बताउँछन्। 'घरेलु हिंसाका अनेकन कारणहरु हुन सक्छन्।, उनी भन्छन् 'छोरी बुहारीमाथि अविश्वास बढ्ने आशंका गर्नेसम्मको काम भइरहेको छ।'
वैदेशिक रोजगारीले समाजिक र पारिवारिक सम्बन्धमा विकृति ल्याइरहेको अवस्था पनि भएको उनको भनाइ छ। तर, त्यसको मतलव सवै गलत हुन भन्ने होइन् तर, घटना हुने विविध कारण मध्येका केही यिनीहरु पनि हुन्। अवैद्य यौन सम्बन्धबाट हुने घटनाहरुको आधिकारिक डाटा नभए पनि महत्वपूर्ण कारण भने अहिले त्यो देखिन गएको छ। बैदेशिक रोजगारीका कारण पारिवारिक मूल्य मान्यतामा बिखण्डन आइरहेको छ। जताततै इन्टरनेट विस्तार र गाउघरमा बढेको अनैतिक सम्बन्धले पनि यस्ता घटना निम्त्याइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगर रानीका स्टाफ अफिसर इनिस्पेक्टर ओमप्रकास खनाल बताउँछन्।
'इन्टरनेटको विस्तार र पहुँचले पनि सेक्स भन्ने कुरालाई सामान्य बनाइसकेको छ।, उनले भने 'त्यसैका कारण पनि गोप्य सम्बन्ध बनाउने गरेको देखिन्छ।, यस्ता घटनाको उलेख्य वृद्धि भएको अनुमान लगाउँदै उनले यस्ता घटनाले घरबारसमेत विखण्डित हुने बताउँछन्। समाजशास्त्रका प्राध्यापक विशाल श्रेष्ठका अनुसारअपराधिक गतिविधिमा संलग्न नभए पनि क्षणिक आक्रोसका कारणहरु यस्ता घटना हुने गरेको देखिन्छ। यस्ता घटना बढ्नुमा राज्य, समाजिक पाटो र घरपरिवारको पनि हात रहेको हुन्छ।
'आक्रोसले हिंसात्मक रुप लिने गरेको देखिन्छ।' उनले भने 'कडा भन्दा कारबाही गरिएको छ भनेर भनियो भने केही कम हुन्थ्यो होला।, अर्को वैदेशिक रोजगारीमा जाने घरपरिवारहरुमा पनि अनैतिक सम्बन्ध बढी हुने गरेको पछिल्लो तथ्यांकले देखाइरहेको छ। त्यस्तै तिव्र सहरणीकरणको कारणले पनि त्यस्ता सम्बन्धहरुको विकास हुने गरेको उनले बताए। विशेष गरी यस्ता घटनालाई कर्तव्य ज्यान मान्ने हुँदा पनि आँकडामा यस्ता घटना कति हुन्छन् भन्ने तथ्यांकको आधिकारिता हुदैन।
तर, पनि पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार २०६८/०६९ मा १ सय ७१, २०६९/०७० मा १ सय ७० र २०७०/०७१ को जेठ मसान्तसम्ममा १ सय ६९ कर्तव्य ज्यान देखिएका छन्। ज्यान मार्ने उद्योगमा हेर्दा २०६८/०६९ मा १५३, २०६९/०७० मा १४९ र ०७०/०७१ मा १५९ भएको देखिन्छ।