पशुपतिमा भक्तजनले चढाएको भेटीघाटीलाई पारदर्शी बनाएको एक वर्ष पुरा भएको छ । यो अवधिमा कुल ८ करोड ६७ लाख ५५ हजार रुपैया भन्दा पनि बढि भेटी संकलन भएको आजको गोरखापत्रमा खबर छ । यसमध्ये तीन करोड ६७ लाख ४१ हजार पशुपतिका मूल भट्ट सहितका पुजारी र भण्डालेलाई तलब दिँदा खर्च भएको छ । पशुपति क्षेत्र विकास कोशका निर्देशक रमेश उप्रेतीका अनुसार पूजा तथा मन्दिर नियमावली २०६८ले निर्धारण गरेबमोजिम यो खर्च भएको हो । भेटीघाटी पारदर्शी गर्ने प्रक्रिया २०६८ साल चैत २६ देखि लागू भएको थियो ।