यस वर्षको एसएलसी परीक्षाको परीक्षाफलमा ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी पास भएका छन् ।
नियमिततर्फ एक लाख ६६ हजार ९ सय ३५ उर्तीण भएका छन् जसमध्ये १६ हजार ९ सय २४ विशिष्टसहित प्रथम श्रेणीमा, ७६ हजार १ सय ६५ प्रथम श्रेणीमा, ६९ हजार ८ सय ३० दोस्रो श्रेणीमा र ५ हजार १६ जना तृतीय श्रेणीमा पास भएका छन् ।
नियमितमा ४ लाख ३ हजार ९ सय ३६ जना सहभागी भएका थिए जसमा २ लाख ६ हजार १ सय ९० छात्र र १ लाख ९७ हजार ७ सय ४६ छात्रा छन् । यसमध्ये ९६ हजार ४ सय ९४ जना अर्थात ४६.७८ प्रतिशत छात्र र ७१ हजार ४ सय ८१ अर्थात ३६.१५ प्रतिशत छात्रा पास भएका छन् ।
आंशिकतर्फ एक लाख ७ हजार २ सय २९ जना सहभागीमध्ये ४३ हजार ७ सय ४६ छात्र र ६३ हजार ४८३ सहभागी थिए जसमध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् । यसमा ३ हजार ८ सय २१ छात्र र ४७९७ जना छात्रा पास भएका छन् । गत चैत १ देखि ९ सम्म सञ्चालन भएको परीक्षामा मुलुकभरबाट ५ लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी भएका थिए जसमा नियमिततर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ जना छन् ।
परीक्षाका लागि मुलुकभर कुल १ हजार ७ सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।
परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले पनि विभिन्न वेबसाइट, एसएमएसबाट हेर्ने सुविधा मिलाएको छ ।
शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np
शिक्षा विभागको www.doe.gov.np
परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np
नेपाल टेलिकमको slc.ntc.np
वर्डलिङ्कको slc.wlink.com.np मा एसएलसीको नतिजा हेर्न सकिने छ ।
नेपाल टेलिकमको सिम भएका मोबाइलबाट एलएलसी स्पेश सिम्बोल नम्बर र अल्फाबेट टाईप गरी १४०० मा एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिने परीक्षाा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।
यसवर्ष कार्यालयले शुल्क तिरेर पत्रिकामा नतिजा नछाप्ने जानकारी दिएको थियो ।