बिस्केट जात्राका अवसरमा भक्तपुरको तौमढीमा भैरवको रथ तान्ने क्रममा रथले किचेर मर्नेको संख्या ३ पुगेको छ । घटनामा परि अन्य ९ जना घाइते भएका छन् । तौमढीबाट माथि र तलका बासिन्दाले आ-आफ्नो टोलमा रथलाई लैजान तान्ने क्रममा राति करिब ९ बजे रथले थिचेको थियो । मृत्यु हुनेमा भक्तपुर तौमढीका २२ वर्षीय रुकेश शिल्पकार,आशिस सुवाल र २३ वर्षीय धीरेन्द्र शिल्पकारको मृत्यु भएको हो ।
रथको चक्काले थिचेर गम्भीर घाइते भएका भक्तपुर नासमनाका २२ वर्षीय आशिष सुवालको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो ।
अन्य घाइतेको काठमाडौ मेडिकल कलेज,भक्तपुर अस्पताल र वीर अस्पतालमा उपचार भइरहेको छ ।