काठमाडौं, चैत १९ (सेतोपाटी)– अमेरिकाको भर्जिनिया र उत्तरी क्यारोलिना राज्यको सीमामा स्थानीय समयअनुसार आइतबार दिउँसो एकैठाउँ झन्डै सयवटा कारहरू एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
सिएनएनका अनुसार ती कारहरू भर्जिनियाको क्यारोल काउन्टीमा दिउँसो एक बजे ठोक्किन सुरु गरेका थिए । फ्यान्सी ग्याप पहाडी क्षेत्रमा लागेको हुस्सुका कारण दुर्घटना भएको बताइएको छ ।
भर्जिनिया राज्य सरकारका अनुसार सँगसँगै भएका १७ बेग्लाबेग्लै दुर्घटनामा ९५ कार ठोक्किएका थिए । घटनामा २५ घाइते भएको सिएनएनले जनाएको छ ।