फलाँस

चुनाव
  • Get News Alerts

tata

कुनै बेला
चियामा चोपेर निल्न लगाइएको छ मलाई
एक बिट्टो तास

श्रीमानलाई अवगत नै छ
नि:शन्देह बौद्धिक खेल हो फलाँस

फलाँस इतिहास हो
१०औँ शताब्दीदेखिको विश्व परम्परा हो

फलाँस मनोविज्ञान हो
जसमा पढिन्छ हरेक खेलाडीको मनोविज्ञान्
र चालिन्छ हरेक कदम

फलाँस अनुमान विज्ञान हो
जहाँ आँकलन गरिन्छ अन्य हातभित्र लुकिरहेका
बादशाह र गुलामहरु

फलाँस अंग्रेजी वर्णमाला हो
अंग्रजी भट्याउनेहरुबाहेक
अरु को हुन सक्छ यो देशको बुद्धिजीवी?

फलाँस गणित हो
गणितीय ज्ञानबेगर कसरी हुन्छ हिसाबकिताब?
फाइदा बेफाइदा? जीत हार?

राजनीतिक दर्शन हो फलाँस!

सामाजिक सँस्कार हो फलाँस!

बौद्धिक रवाफ हो फलाँस!

श्रीमान्
यो देशको एउटा
वैज्ञानिक
मनोवैज्ञानिक
दार्शनिक
राजनीतिज्ञ
गणितिज्ञ ...

समग्रमा,
यो देशको बहुआयामिक बुद्धिजीवीको
खुलेआम हनन भएको छ मानवअधिकार

हेक्का रहोस् श्रीमान्,
चियामा चोपेर निल्न लागाइएको थियो मलाई
एक बिट्टो तास !

आन्द्राहरुमा बर्षौदेखि हुँडल्लिरहेछन् गुलामहरु
कटक्क खाइरहन्छ ग्याष्ट्रिक पेट
बान्ता हुन खोज्छ हरेक दिन,
र घाँटीसम्मै आएर अड्किन्छ बादशाह
निस्कन्छ केबल,
हप्तौँ पुरानो छ्याङजस्तै अमिलो झोल
आन्द्राबाट
र, गनाइरहेको छ यो तीतो मुख
बर्षौँदेखि

थाहा छैन
कतिन्जेल मच्चिरहनेहो आतङ्क
मेरो शरीरमाथि
कहिले पचाइसक्ने हो मभित्रको हाइड्रोक्लोरिक एसिडले
यसको सम्पूर्ण अवयव
कहिल मुक्त भइने हो
यी अनेकन विकारहरुबाट

श्रीमान्
गम्भीर खेलवाड भएको छ मेरो स्वास्थ्यमाथि

तपाइँको ‘सर्वोच्च’ अगाडि आमरण अनशन बसिरहेको छ
यो द्वन्द पीडित

श्रीमान्,
दोषीलाई कडाभन्दा कडा कारबाही होस् ।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट