अतिरिक्त मूल्य

yamaha
  • Get News Alerts

united
tata

आमा हुनुको मूल्य के हो? मैले कहिल्यै मेरी आमालाई सोधेकी छैन। न अरू आमाहरूलाई नै सोधेकी छु। ती आमाहरूले अरू आमालाई पनि पक्कै सोधेका छैनन् यो प्रश्न। अनि न म आमा भएर यो मूल्यको निर्धारण गर्न सकेकी छु।

आज ममा यस्तो प्रश्न किन आयो म आफैलाई थाहा छैन। आमा हुनुको सोझो मूल्य, असली मूल्य आफ्नै परिचय प्राप्त गर्नु हो यति चाहिँ मलाई थाहा छ। नारी हुनुको गौरवबोध गर्नु हो यो पनि मलाई थाहा छ। भन्ने नै हो भने मनभरि अरू कुराहरू पनि भरिएर आउन थालेका छन्।

आमा हुनुको मूल्य नारीको प्राकृतिक अधिकार प्राप्त गर्नु हो। आमा हुनुको मूल्य मूल्यहीन मायामा भरिनु हो। अनुभूतिको श्रावणमा रुझिरहनु हो। मायाको सहस्र भेलमा आफूलाई बगाइरहनु हो। चोटमा नदुख्नु हो, अभावमा पनि कुण्ठित नहुनु हो। आमा हुनुको सबैभन्दा ठूलो मूल्य आफ्नै विचारमा महान् हुनु हो। मुटु रित्याएर माया दिनु हो। आफू सिद्धिएर सन्तानलाई भर्नु हो। आफैलाई उधारेर सन्तानलाई सिउनु हो। आमा हुनुको मूल्य पलपल पोखिएर सन्तानलाई भर्नु हो। प्रत्येक निराशाका अघिल्तिर आशाको सुनौलो प्रकाश बनेर छरिनु हो। प्रत्येक हारमा पनि जितको माला उन्न खोजिरहनु हो। मैले आमा हुनुको मूल्यमा बाँचेका प्रत्येक आमाका अनुहार र व्यवहारमा पढेको सत्य हो यो। देखेको सत्य हो र अनुभव गरेको सत्य हो। सन्तानले दिएका चोटलाई पनि मायालु अनुभूतिमा अनुवाद गर्नु हो। हो, मैले आमा हुनुको मूल्य यही बुझेकी छु।

आमा भएर कसरी भन्न मिल्छ मैले – मेरो बुढ्यौलीको कारण तँ होस्। कसरी भन्न सक्छु मैले मेरा सम्पूर्ण ऊर्जाहरूको उपयोग कर्ता तँ होस्। कसरी आरोप लगाउन सक्छु मैले मेरो कुरूपताको कारण तँ होस्। प्रत्येक सन्तानहरू आमाका प्रतिरूपमा लयबद्ध भूमिकामा देखिरहेछु। अहँ मैले केही भन्न सक्दिनँ त्यस्ता आरोपहरू जसलाई अरूहरू भन्ने गर्छन् – ‘आमाको रूप बिग्रिन्छ सन्तान जन्मिएपछि, सन्तान पर नै जान्छन् डोलीमा अन्मिएपछि।’ कसरी बिग्रिन्छ हँ रूप आमाको! आमा हुनको लागि म जसरी तयार भएँ त्यो रूपका लागि पनि भागेदार त मै हुँ नि! त्यो रूपको चाहना म आफैबाट त पलाएको हो। म जन्मिन्छु आफ्नै रूपहरूसँग पटक पटक भनें म किन नगरूँ त्यस्तो सिर्जना। आमा हुनु बहुरूपी सिर्जनाहरूमा पटक पटक बाँच्नु हो। आफैलाई धेरै रूपहरूमा बाँड्न मनपर्छ आमाहरूलाई। छोराछोरीका रूपहरूमा। पटकपटक बाँडिन्छन् आमाहरू। जति बाँडिन्छन् विश्वासको एक ढिक्का भएर बाँच्छन् आमाहरू।

हो, प्रत्येक सिर्जना मौलिक भएर पनि मेरै रूपमा छ। प्रत्येक सिर्जना म भएर पनि पृथक् छ! आमासँग बाहेक अरू कोसँग छ हँ यो शक्ति? कस्तो हुँदो हो यो संसार आमा नभएको भए? संसार हुँदो हो र? कसरी हुन्थ्यो र?

म आमा, म नारी, म सृष्टि र म आफै सिर्जना! तिमी कसरी अवमूल्यन गर्न सक्छौ मलाई? सायद गर्न कोसिस ग¥यौ र त जन्मायौ इब्सेन भएर नोराहरू। सायद अवमूल्यन ग¥यौ र त जन्मायौ कोइराला भएर इन्द्रमायाहरू, त्यसैले त जन्मायौ रिमाल भएर युवतीहरू। अब ओरियाना फलासीहरू नजन्मिएको बच्चाको नाममा, पारिजातहरू नजन्माएको छोराको नाममा आमाका हज्जारौ रूप लिएर आमा बन्न तयार छन्। तयार छन् यो सृष्टिको गिर्दो मूल्यलाई उठाउन। तिमीले अवमूल्यन गरेर के गर्छौ? तिमी आफ्नै अस्तित्वलाई मेटाउन खोज्दै छौ। आमालाई अवमूल्यन गर्नु आफैलाई हराउनु होइन र?

पुरूष! तिमीले अपहरण गरी बलात्कार गर्दै टुक्रा टुक्रा छरेका युवतीका लासहरू पुनर्जीवित भएर उम्रिरहेछन् यो सृष्टि थाम्न। सोच, गहिरिएर सोच अब आमाहरू अतिरिक्त मूल्य चाहँदैनन् तर आफ्नै मूल्यमा अपमानित भएर बाँच्न पनि सक्दैनन्। मैले देखाएको सहनशीलता तिमीलाई अपराधको आधार हो भने नारी रणचण्डी पनि त हो। तिमीले कहिल्यै अनुभव गरेका छौ? किन बोल्दैनौ? कि आज तिमीलाई आफ्नै आमाले हुर्काएको शरीरले पोलिरहेछ? कि आज तिमीलाई आफ्नै आमाले दिएको रगतले खेदिरहेछ। भन आमाको रगत नसाभरि बगाएर त्यसलाई कसरी बलात्कारको विषमा बदल्न सक्यौ तिमीले? तिम्रो मांशल देहमा परेको मेरो वात्सल्यपूर्ण पालन पोषणलाई, संस्कारलाई कहाँ मिल्कायौ? तिमीभित्र रहेकी तिम्री आमालाई कुन नजरले हेर्छौ अब तिमी?

जीवनको कुन कुरूपतामा बदलियौ तिमी? म आमा भएर पनि भन्न सक्दिनँ। म कल्पना गर्न सक्दिनँ मेरो सन्तानले आमालाई चिथोरेको, टुक्रा टुक्रा पारेको तिम्रो त्यो रूप। मैले त्यसका लागि तिमीलाई कहिल्यै जन्म दिएकी होइन। जन्माउनु मेरो आफ्नै गौरवपूर्ण चाहना तर जन्मलाई सदुपयोग नगर्नु तिम्रो सङ्कुचितता, अज्ञानता, शठता, मूर्खता, राक्षसीवृित्त...। तिमीलाई मैले मानवको रूपमा जन्म दिएँ तर तिमी? तिमीलाई जन्माउनुको एकलौटी प्राकृतिक अधिकार मसँग सुरक्षित छ भने यति भन्ने अधिकार पनि पाएकी छु। तिमी अलग्ग मान्छे भएँ भनी घमण्ड नगर कुनै दिन तिम्री आमा तिम्रो अस्तित्वको कठघरामा उभिन सक्छे। तिम्रो मूल्यमा प्रश्न चिन्ह लगाउन सक्छे।

मैले कामको अतिरिक्त मूल्य खोजेकी छैन! न बुहारी बनेर न छोरी बनेर, न पत्नी बनेर न दिदी बहिनी बनेर। भूमिकाको आफ्नै स्थान ससम्मान स्वीकार्य छ मलाई तर मेरो प्राकृतिक रूपसँग र भूमिकासँग कसैको गुनासो नभएसम्म। कसैको अचेटखानी र अर्घेल्याइँ नरहेसम्म। म पत्नी भएरै लेखक बन्न सक्छु, म आमा भएरै शिक्षक बन्न सक्छु, म बुहारी भएरै देशको अनुशासित कर्मचारी पनि बन्न सक्छु तर मेरो भूमिकामा कसैको अनावश्यक दबाव सहन सक्दिनँ। म बच्चाका सम्पूर्ण जिम्मेवारी पूरा गरेर पनि एउटा गतिलो नागरिक बन्न सक्छु तर मेरो स्वतन्त्रता तिमीले खोस्न पाउने छैनौ। मैले यहाँ अतिरिक्त मूल्य खोजेकी होइन, तिम्रो असमान व्यवहारलाई मात्र रोक्न खोजेकी।

तिमी जेका लागि बाँचेका छौ म पनि त्यसैका लागि। एक मुठी सास, एक धर्सो मुस्कान र एक अञ्जुली माया अनि एक ढिस्को आदर! बस् यत्ति भए पुग्छ मलाई यस संसारमा तर तिमीले हिँडेका ठाउँका अतिरिक्त पाइला नचोपलेका ठाउँमा पनि मैले इच्छाएका पाइलाहरू पुग्न पाउनु पर्छ, तिमीले सोच्न नजानेका कुराहरू मैले सोच्दा तिम्रो कदर पाउनु पर्छ, मैले गरेका हरेक राम्रा काममा तिम्रो सकारात्मक मुस्कान पाउनु पर्छ। तिम्रा पाइलाहरूलाई मैले सफलताको शुभकामना दिन्छु सायद त्यसैको प्रतिफलन हो यो मेरो अपेक्षा, अतिरिक्त मूल्य होइन। म कहिल्यै अतिरिक्त मूल्य चाहने व्यक्ति होइन, तिम्रा जस्तै भावना, अनुभूति, अनुभव र शारीरिक मूल्य भएको मानव हुँ, तिमीले दिएको अतिरिक्त मूल्यले मलाई कुनै ठाउँमा पु¥याउँदैन बरू सहकार्यका हातहरूमा तिम्रो मायालु स्नेह सधैँँ चाहेकी हुँ। तिम्रो तेत्तीस प्रतिशत मायामा मात्र सीमित नगर मलाई। पूरा मान्छे हुँ, सग्लो मान्छे तिमी जस्तै। तिमी शतप्रतिशत हौ भने म पनि शतप्रतिशत। तिमी पचास हौ भने म पनि पचास। हामी दुवैका पाइलाहरू समान छन्, माया गर्ने मुटु समान छन्, हेर्ने आँखा र सोच्ने मस्तिष्क समान छन्। म न अतिरिक्त मूल्य चाहन्छु न तिमीभन्दा कम मूल्याङ्कित हुन।

कति काममा पाएका स्याबासीहरू लिन्छु तर आफ्नै मूल्यका हुन् कि होइन टोलाइरहन्छु। मैले किन पाएँ ती मूल्यहरू? म आफ्नै लागि त थिएँ नि ती कामहरूमा! आफ्नै आवश्यकताका लागि गरेका मेरा कामहरूले किन अतिरिक्त मूल्य पाउनु प¥यो? हो म आफ्नै आवश्यकताको लागि पढाउन जान्छु। काम गर्नु आफ्नै आवश्यकताको कारण त हो, फेरि मेरो पुनर्मूल्याङ्कन किन जरूरी छ? तर विद्यार्थीहरू मसँग आएपछि विद्यार्थीमा मात्रै सीमित रहन्नन्। केही बढी नै भइदिन्छन्। मेरो मायाको मूल्याङ्कन गर्न थाल्छन्। मेरो कर्मको अर्को सत्यले मलाई पर्गेल्न थाल्छन्। मलाई त्यतिबेला आफैसँग लाज लाग्छ। जब मैले मेरो लागि काम गरेकी हुँ भने ती मलाई किन यति मूल्य दिन खोजिरहेछन्। के हो यसको अर्थ? कि कुनै काममा कसैले अतिरिक्त मूल्य नदिँदा के हुन्छ?

म अतिरिक्त मूल्यले किचिन्छु। जे गर्छु त्यसको बढी मूल्यले मूल्याङ्कित हुने सपना मैले कहिल्यै देखिनँ तर मानिसहरू देख्छन् भने म के गर्न सक्छु? काममा आशा र विश्वासहरू जोडिदै जाने हो भने जीवन कति रमाइलो लाग्दो हो सबैलाई! यही खुसी नै पो हो कि जीवनको अतिरिक्त मूल्य? यदि हो भने यस्तो मूल्य मलाई स्वीकार्य छ।

मैल अतिरिक्त मूल्यका लागि कहिल्यै काम गरिनँ। जे गरेँ त्यही मूल्यका लागि मात्रै, जुन कामका लागि म तोकिएँ, तर कुनै पनि कामको मूल्य कति हो? मैले कहिल्यै यसको मूल्य तोक्न भने जानिनँ। मैले स्वीकार गरेका मूल्यबाहेकका मलाई कुनै पनि भूमिकाको अतिरिक्त मूल्य चाहिन्न।

आमा अमूल्य स्वरूप हो, एउटी नारीको परिष्कृत रूप! नारीलाई आफ्नो स्वतन्त्र र प्राकृतिक भूमिका एउटा मानवीयताका नाताले सधैँ स्वीकृत छ। यो समाजको अर्धचेत समय नारीलाई किन अनेक मूल्यमा आँकलन गरिरहन्छ हँ? म एउटा मानवीय स्वरूपमा बाँच्न चाहेकी नारी कुनै पनि मूल्य वा अतिरिक्त मूल्यभन्दा पर......।

( शुक्रबार सार्वजनिक ‘लयको खोजीमा’ निबन्धसङ्ग्रहबाट)

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट