घुम्टो प्रथाकी सिकार बुहारी

चुनाव
  • Get News Alerts

tata

एउटा घरमा हामी बास माग्यौँ। उनीहरूले हामीलाई बास दिन स्वीकारे पनि। हामी त्यहीँ बास बस्यौँ। उनीहरूलाई हामी धेरै टाढाबाट आएका छाँ र हाम्रो गनतव्यस्थल पुग्न अझ आधा दिन लाग्ने कुरा पनि बताएका थियाँ।

त्यो घरमा दुईजना बुढाबुढी थिए। बुढाबुढीका एउटा छोरा र एउटी बुहारी थिई। बुहारीका तिन जाना बच्चाहरु थिए। तिनैजना छोराहरू नै थिए। बच्चाहरु साना–साना नै थिए। उनीहरू टन्नै भैँसी र गाई पालेका थिए।। बाबु, छोराले दिनभर भैँसी र गाईका लागि टाढाटाढासम्म घाँस काट्न जान्थे भने बुढीले बच्चाहरूलाई खेल्न लग्थे। बुहारीले दिनभर घरधन्धा गर्थी। ढिकीमा धान कुटेर चामल बनाउँथी। जातोमा कोदो पिँधेर पिठो बनाउँथी। आफ्नो परिवारको लागि रातदिन चामल र पिठोको जोगार बुहारीले गर्नुपथ्र्यो। बचेको समयमा गाई, भैँसीको गोबरको गुईठा बनाउथी।

कुश्माले आफूसँग भएको मिठाइ र खाजाको पोको बुढीआमालाई दिई। बुढीआमाले खुसी हुँदै मिठाइ र खाजा सबैको लागि भाग लगाउँदै सबैलाई खान दिई। बुहारीले इनारबाट पानी लिएर आइपुगेकी थिई। भान्साको सुरसार गर्न थाली। कुश्मा पनि चञ्चल भएकीले बुढीकी बुहारीलाई खाना पकाउन सघाएकी थिई। पाहुनाहरुले काम गर्नु हुँदैन भनेर कुश्मालाई काम गर्न दिएकी थिइन तर कुश्माले जबरजस्ती काम गर्न थालेकी थिई।

बुढीका नातिहरू हेर्दै माया लाग्दा थिए। उनीहरू मसँग खेलिरहेका थिए। “घोडा बन्नु न ” भनेर मलाई उनीहरूले भनेका थिए।। म घोडा बनेँ। दुइजना मेरो पिठ्यूमा बसे। हट् घोडा हट् भन्दै उनीहरू मसँग खेलिरहेका थिए। म घोडा बनेर हिँडिरहेको थिएँ। उनीहरूसँगको खेल साँच्चिकै आनन्दमय थियो। मलाई घोडा बनाएर मेरो पिठ्युमा नातिहरूलाई बसेको देखेर बुढीले नातिहरूलाई गाली गरेकी थिई।

“पाहुनालाई घोडा बनाउनु हुँदैन” भनेर बुढीले नातिहरूलाई मेरो पिठ्युबाट तानेर लगेकी थिई। बुढीकी बुहारीले अनुहार छोप्ने गरी घुम्टो ओढेकी थिई। कस्तो प्रथा थियो ? अनुहार ढाकेर दिनभरी कसरी बुहारीले काम गर्न सकेकी थिई ? भनेर मलाई अच्चम लागेको थियो। “ पराई पुरुषलाई त झन अनुहार पनि देखाउनु हुँदैन बुहारीहरूले” भनेर बुढीले भनी। सासुको अगाडि फासफुस कुरा त गर्थे तर ससुराको बुहारी अगाडि पुरै निशब्द भएर बस्नु पथ्र्यो।

गुँइठामा खाना पकाएको थियो। खाना पाकिसकेको खबर बुढीले हामीलाई गुहालीमा दिन आएकी थिई। बुढा, म र उनको छोरा गुहालीमा बसेका थियौँ। आँगनमा कुश्मा र उसकी बुहारी खाना पकाइरहेका थिए। खाना पाकेकाले हामी तिनै जना खान गयौँ। खाना खाने बेलामा बुढोको छोरा एक शब्द केही बोलेन। बाबुको अगाडि आफ्नै पत्नीसँग कुरा गर्न लजाएको थियो। दाल, भात, तरकारी थप्नु प¥यो भने बुढाले बुहारीसँग –“परसन लाब।” भनेर भन्थ्यो। ससुरासँगै आफ्नो लोग्ने र मलाई पनि बुहारीले भात थप्थी। उसको छोरालाई नबोलेको देखेर मैले पनि उसको बुहारीसँग बोलिन। खाना थप्ने बेलामा खाना पुग्यो वा खाना चाहिँदैन भने थालको माथि हात राख्थ्यौँ त्यसरी हात राख्दा खाना चाहिँदैन भनेर बुझ्थी।

ससुरा बोलेको तर बुहारी नबोलेको देखेर मलाई अचम्म लागेको थियो। ससुराले बुहारीसँग बोल्न हुने, बुहारीलाई काम अराउन हुने तर बुहारीले ससुरासँग किन बोल्नु हुँदैन ? भनेर मैले बुढीसँग सोधेँ। त्यतिबेलासम्म बुढो र उसको छोरा खाना खाएर गुहाली गइसकेको थियो। त्यसपछि बुढीले भनी “ससुरासँग बोले भने समाजले बुहारीलाई चरित्रहीन भन्छ। संस्कार नपाबेको आइमाई भन्छ। लबरी, उचङ्गी भन्छ बौवा।” फेरि थपी “वहन आरोप सहैसे बनहिया नबोल्नु जाति।”

अरुको छोरीलाई हजारौँ सपना देखाएर भित्र्याएको हुन्छ तापनि आफ्नो छोरीजस्तो व्यवहार समाजले किन गर्न सकेको थिएन ? त्यहीँ छोरी आफ्नो घरमा बस्दा अनुहार नछोप्नु पर्ने तर पराईकी छोरी आफ्नो घर आएपछि अनुहारभरि घुम्टो लिएर बस्ने कहाँको संस्कार थियो ? बुहारीहरू कति अस्वतन्त्र थिए ? सासु – ससुराको अगाडि आफ्नो पतिसँग पनि खुलेर कुरा गर्न पाएकी थिइन। यो कसको दोष थियो ?

घरको पुरै सदस्य एकै पटक बसेर खाना नखाने परम्परा थियो। पहिला पुरुषहरूलाई खाना खुवाउँनुपथ्र्यो। त्यसपछि मात्र स्त्रीहरू खाना खानुपथ्यो। गुहालीमा तिनओटा ओछ्यान लागेको थियो। एउटा ओछ्यानमा म सुतेँ। एउटा ओछ्यानमा बुढो सुतेको थियो र अर्को ओछ्यानमा बुढोको छोरो सुतेको थियो। स्त्रीहरू घरमा ढोका लगाएर सुतेका थिए र पुरुषहरू गुहालीमा सुत्नुपर्ने परम्परा थियो। बुढीले कुश्मालाई आफ्नो रुममा सुत्न दिएकी थिई। बुहारीले बच्चाहरूलाई लिएर अर्को रुममा सुतेकी थिई। बुढोको छोरा पनि गुहालीमा सुतेको देखेर म छक्क परेँ। ऊ सधैँ गुहालीमा सुत्दो हो भने कसरी तिनओटा बच्चा जन्मायो ?

अनभिज्ञ ठाउँमा मलाई निद्रा लागिरहेको थिएन। तैपनि पल्टिरहेको थिएँ। बुढो सुतेको थियो कि थिएन थाहा छैन तर सुतेको जस्तै देखिन्थ्यो। बुढोको छोरा पनि सुतिसकेको जस्तो नचलमलाइकन पल्टिरहेको थियो। रात एक पहर गइसकेको थियो। चारैतिर चकमन्न थियो। बुढोको छोरा मतिर र बुढोतिर हेर्यौ। हामी सुतिसकेका छाँै भनेर उसले ठान्यो।

ऊ बिरालोको चालमा उठेर आँगनतिर लाग्यो। ऊ आफ्नी पत्नीलाई भेट्न गइरहेको थियो। एकछिनमा बुहारीको घरको ढोका “कुई कुई” करायो। त्यसपछि चुकुल लगाएको आवाज आयो। बुहारी पनि पतिको प्रतीक्षामा ढोकाको चुकुल नलागाइकन सुतेकी थिई। आफ्नी पत्नीलाई भेट्न पनि यति बाधा अवरोध किन सहनु परेको थियो उसले ? बुढाको छोरालाई हेरेर मलाई अचम्म लागेको थियो। आफ्नै धर्मपत्नीलाई भेट्न किन ऊ विरालोको चालमा लुकीलुकी जानुपथ्र्यो ? यो संस्कारको दोष थियो कि परम्पराको ?

कतिखेर बिहान हुन्छ र चक्र दह पुग्छु भनेर मलाई निद्रा लागिरहेको थिएन। बुढाले छोरा आँगनतिर गएको थाहा पाएको थियो कि थिएन थाहा छैन तर मैले सबै कुरा थाहा पाएको थिएँ।

यताउता पल्टि रहेको थिएँ। रात चौथो पहरमा गइसकेको थियो। बुढीको बुहारीको रुमको चुकुल फेरि खुल्यो। बुढीको छोरा बिरालोको चालमा गुहालितिर आइरहेको थियो। म नचलमलाईकन सुतिरहेको अभिनय गरेँ। बुढीको छोरा बिरालोको चालमा आएर आफ्नो ओछ्यानमा सुत्यो। बुहारीको रुमको चुकुल लगाएको आवाज आयो।

एउटा पतिले आफ्नी पत्नीलाई राति लुकी–लुकी भेट्ने परम्परा थियो कि कुप्रथा थियो ? छोरा कोसँग त्यसरी किन डराइरहेको थियो आफ्नै पत्नीसँग भेट्न ? आफ्नै परिवारमा किन प्रस्तुत हुन सकेको थिएन ? सामाजिक कुप्रथालाई किन तोड्न सकेको थिएन ?

बिहान भएपछि हामीलाई अझ बस्न बुढाबुढीले भनिरहेका थिए। हामीलाई जरुरी काममा जानु परेकाले नबस्ने भन्यौँ। म र कुश्मातिर उनीहरू आँखा गाडि–गाडि हेरिरहेका थिए। कुन्नि हाम्रो बारेमा के सोचिरहेका थिए ? हाम्रो सम्बन्धबारे उनीहरूले केही सोधेका थिएनन्। हामीले पनि केही बताउने उचित सम्झेनौँ। त्यो टोलबाट हामी बिदा भयाँै। हामी विदा हुने बेलामा बुढीले “फेर आबहे बौवा” भनेर भनेकी थिई। “हवस्” भनेर मैले र कुश्माले टाउको हल्लाएका थियाँै। उसकी बुहारीले घुम्टो ओढेर कुन्नि हामीलाई कसरी हेरिरहेकी थिई ? बुढीकी बुहारी केही बोलेकी थिइन्।

चौधरीद्वारा लिखित ‘जयवर्धन सलहेश’बाट

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट