मधेसको धुन

चुनाव
  • Get News Alerts

tata

सृष्टीको पहिलो बिहानदेखि-

मेरो शीरमाथि थिच्दा-थिच्दै घामले

घामजस्तै फैलिएर- बसेको म मधेस

भन-

अब म कुन कठघरामा उभ्याइदिउँ?

भन्थे-

चराहरुको सिमाना हुन्न

तर हुँदोरहेछ

मान्छेको त परिधी ...

त्यही भएर सदियौंदेखि- एक हातमा लालपूर्जा

अर्को हातमा जङ्गे पिलर समाएर

उभिरहेको छु

देशको अन्तिम सीमानामा 

तर-

यहाँनिर कसरी हुन सकिनँ म नेपाली?


मैले टेकेको माटो, मैले बोलेको भाषा

र मैले गाएको गीत पनि- कसरी हुन सकेन नेपाली?


अचम्म त यो छ कि!

मेरो सरकार- आजकाल दिनहुँ

मान्छेको बली देशलाई चढाएर

ऊ आफैं भोग खान्छ


म मधेस-

हरेक दिन अपहेलित छु

म कुनै देशको- ऐलेनीको चपरी थिइनँ

म त्यही मानिसहरुकै क्षेत्रफलको- एक टुक्रा मस्तिष्क

र एक मुठ्ठी सपना हुँ


म कालो छु

कालो पनि सुन्दर हो

विविध- रङको


तिम्रोजस्तै मेरो पनि लाखौं आयुले हिँडेका

मेरा दादाजीको तालु जस्तो देखिने

क्षितिजसम्म तन्किएका रास्ताहरु छन्

र ती रास्ताहरुको अनुहारमा हिँडाउनु छ

अस्तित्वको स्वतन्त्र जुलुस

र नानीहरूको भविष्य चम्काइदिनुछ

सभ्यताको कागुनी बालाहरुमा


अनि-

तिमीले जस्तै- फेरिदिनु छ

मैले पनि- बाप्पुको धोती

माई र घरवालीको एकसरो फरिया

र नानीहरुको भोटो

नत्र जाडोभरी- शीतलहर ताप्न बाध्य हुनेछन्

- उनीहरु


बरु यहाँ,

मेरो आवाज बन्द गरियोस्

सधैं मेरो न्यायालयहरु मौन बनुन्

तर थिचिएर बसेको म मधेस!

त्यसै निस्सासिएर

बिस्फोट हुनेछ, ज्वालामुखी

अर्थात्

म खुसिराम सतार!

पुस्तौंदेखि मैले बजाउँदै आएको घुँगुरो

फेदनाम बजाएर

निकाल्ने छु

यहीँबाट- विद्रोहको धुन

हो यहीँबाट- सुरुवात गर्नेछु

स्वशासित बाटोको यात्रा ...

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट