डिभोर्स जिन्दगी

yamaha
  • Get News Alerts

united
tata

"...अनि 'बाइलोजिकल नीड' चाहिँ कसरी फुलफिल... -’ परिचय भएको पाँच मिनेट वितेको छैन, उसले विनाहिचकिचाहट सोध्यो। मैले बुझ पचाएर सोधेँ, ‘मतलव’ भावहिन पाराले बोलेकाले होला उसले अलि झस्के झैँ गर्दै भन्यो, 'हैन सिरियस नहुनुस्, मेरो मुखबाट फुत्किहाल्यो हा हा हा।’ वेसोमती पाराले हाँस्दै उ स्पष्टीकरण दिन थाल्यो, 'मैले मनमा त्यस्तो केही राख्या होइन अँ... होइन, तपाईँले डिभोर्स गरेको दुई वर्ष भयो भन्नुभो, लिभिङ टुगेदर पनि होइन रे, ब्वाइफ्रेण्ड पनि छैन भन्नुहुन्छ अनि त विचार नगर्दै कुरा फुत्किहाल्यो। अँ माइन्ड नगर्नुस् है... ।' उसले भलाद्मी पारा  देखाउन खोज्यो।

बोली नरोकिदै मैले भनेँ, 'होइन, के माइन्ड गर्ने - केटाहरुले यस्तो त सोधिहाल्छन् नि, माइन्ड गरेर साध्य नै छैन', मैले नि फिल्टर नगरी मुख खोलेँ ।

'सवै केटा त्यस्तो त हुँदैनन्, तर आज छुटि्टको दिन ड्रिंक गर्दागर्दै तपाईँलाई अनलाइन देखेँ, मूड बनिहाल्यो अनि... । तपाईँलाई अलि बोर भएजस्तो छ, राखौँ कि....-' उसले कुरा नटुंग्याउँदै मैले भनेँ, 'होइन कुरा गर्नुस् न म पनि आज कतै गइनँ, अलि बोर जस्तो भो अनि वाइन लिदै फेसबुकतिर यसो टाइम पास... ।' म उठेर कुरा गर्दै किचनतिर गएँ र प्लेटमा चिप्स थपेँ । हतार गर्दा अलिकता पोखियो ।

फेरि ऊ बीचैमा तारिफ गर्न थाल्यो, 'तपाईँका मुक्तकहरु मलाई असाध्य मन पर्छन्, म फेसबुकतिर खूब पढ्छु, मुक्तकबाट प्रभावित भएरै म तपाईँको फेसबुक फ्रेण्ड बनेको हो।' उसको कुरा सुन्दै गर्दा मेरा औंलाहरु आइप्याडको मुक्तक फोल्डर खोल्न सलबलाए।

मैले वर्षमा चार पाँच वटा भन्दा बढी मुक्तक पोष्ट गर्या त छैन, तै पनि उसले त्यसैको आडमा  फुरुङ्ग पार्दै मेरो हृदय सुमसुम्याउन खोज्यो। वास्तवमा मेरो मन फुर्किदै अझ तारिफ खोज्दै थियो, तर पनि मैले भनेँ, 'होइन म त सिकारू हुँ, यसो फुर्सदमा कहिलेकाहीँ कलम चल्छ, धन्यवाद है मन पराउनु भएकोमा ।' मेरा आँखा मुक्तक बनेका शब्दहरु माथि सरर्सर्ती दौडिदै थिए ।

'मुक्तक मात्र होइन तपाईँको शरीर पनि त कम आकर्ष छैन नि, वास्तवमा आँखा त साह्रै नशालु...।' सातो गएजस्तो मेरो अनुहार, भ्यात्त परेको बोसेभुँडी फोटोमा नदेखे झैँ गर्दै उसले फोनमै एक लाइक ठोक्यो। अतिरञ्जित प्रसंशाको सिँडी चड्दै ऊ फेरि यौनकै विषयतिर नजिकिदै थियो। यस्तै गँजडी प्रसंशा र ठट्टा गर्दै उसले भाइवर कलमा मसँग झण्डै आधा घण्टा गुजार्‍यो।

उसको सोच, पुरुष चरित्र अनि मेरो सिंगल अवस्थामाथि उसको यौन मनोविज्ञानलाई मेरो एक मनले छिचोल्ने प्रयास गर्दै थियो। तर पनि समग्र तन मन हल्का र तनावरहित बनेको थियो। फोस्रै भए पनि यस्तै प्रसंशाले जीवनलाई भरथेक गर्दै ड्रिप्रेसनबाट जोगाउँदै थियो ।

फोन राखेर वाइन थपेँ । फेरि एकैछिनमा मन खिन्न र निरस हुँदै आयो। नजिकै बोल्ने कोही छैनन्, फोन गरौँ सवै काममा विजी भन्दै एक दुई मिनेटमै राखिहाल्छन्। फेसबुकले नै बरु मन बहलाउन सघाउँछ । कसैलाई भाइवर कल ठोकौँ कि भनेर अनलाइन बसेकाहरुलाई हेरेँ । मेरो मनोभावना बुझ्ने खालको कोही देखिनँ। उत्साह मर्यो । फेसबुक स्टाटसमा 'फिलिङ एलोन' लेखेर पोष्ट गरेँ। निन्द्राले अलिअलि झुम्म पार्दै थियो । सोफामै कुन वेला निदाएँछु पत्तै भएन।

 राति ब्युँझिदा अलि जाडो भइरहेको थियो। विछ्यौनामा पल्टेँ निन्द्रा पर्ने छाँटै भएन। मनमा केही सम्झना आउँछ, अनि रवर जस्तै तन्किएर लम्बेतान बन्दै जान्छ। एकपछि अर्को गर्दै ताँती लाग्दै कुराहरु खेलिरहन्छन्। फेरि फेसबुक खोलेँ, २७ वटा लाइक, १२ वटा कमेन्ट आएको रहेछ। कमेन्टमा कसैले 'विकेन्डमा मकहाँ आऊ' भनेर लेखेका थिए भने कसैले 'आय्म विथ यू' भनेर लेखेका थिए । यो पनि पढुन्जेलको हौसला मात्र हो, के को न्यानो भन्या जस्तो, आफ्नो व्यथा आफैसँग छ । अनलाइनमा बस्नेहरुलाई सरर्सर्ती नियालेँ । अघि कल गर्ने केटा पनि लाइभ थियो, कल गरौँ कि जस्तो भो। एकमनले भन्यो, 'आ... कुरा नगर त्यो मोरा छाडा छ', अर्को मनले भन्यो, 'कुरै त हो नि एक छिन ठट्टा रमाईलो, के छ र जिन्दगी ।' तर मैले कल गरिनँ। उसले बहराइनबाट फोन गरेको थियो। ऊ त्यहाँ कुनै कम्पनीमा काम गर्छ। एक बर्षदेखि ऊ त्यहाँ कार्यरत रहेछ । एक्लोपनबाट उन्मुक्ति पाउन उसले कल गरेको मैले बुझेकी थिएँ ।

घर परिवार छोडेर विदेशमा बस्दा कति निरस, कति न्यास्रो हुन्छ त्यो त मैले पनि अनुभव गरिरहेकि थिएँ । पाँच वर्षअगाडि विवाह गरेर अमेरिका छिर्दा शुरुमा रमाइलो नै भए पनि पछि मैले उदास र न्यास्रो महसुस गर्न थालिसकेकि थिएँ। दुवैको काम गर्ने स्थान बसेको ठाउँबाट निकै टाढा थियो। बिहानदेखि बेलुकासम्म वाहिरै हुने, काममा हुन्जेल खासै कुरा गर्न पनि नपाइने। बेलुका थाकेर आयो खानासाथ पल्टिनै हतार हुन्थ्यो। कहिलेकहिँ त रातिको ड्युटी गर्नुपर्ने, दुईजनाको भेट हुनै मुश्किल । दुई दिन विदाको सिस्टमले कहिलेकाहिँ घुम्न गइन्थ्यो तर धरैजसो हामी खर्च चलाउन सहज होस भनेर ती दिनमा पनि रेष्टुराँतिर पार्टटाइम काम गर्न जान्थ्यौँ । विदामा कामको लोड अझ बढी हुने ।

नेपालमा हुँदा अमेरिका छिर्ने असाध्य चाहना थियो, त्यो पूरा भएकाले जति दुःख र न्यास्रोपन भए पनि कम्प्रोमाइज गर्दै थिएँ। फर्किने कुरा पनि भएन, नेपालतिर फोन गरेर गुनासो सुनाउन पनि अप्ठेरो । कसलाई सुनाउँ, कसलाई हुन्थ्यो । मलाई कहिलेकहीँ लाग्थ्यो, नेपालको त्यो सहज जीवन छोडेर म अरुको हा हा मा अमेरिकाको कठोर जीवन जिउनका लागि मरिमेट्नु नै गल्ति थियो । अमेरिकामा पाइने भौतिक सुखको बयानले म निकै आकषिर्त भएकी थिएँ । सुविधा प्राप्त गर्नका लागि गर्नुपर्ने कठोर मेहनतका वारेमा भने मलाई कसैले सुनाएका थिएनन् । अमेरिका प्रवेश पछि मात्र चाल पाएँ। शुरुमा निकै कठिन महसुस भए पनि म अस्पतालमा नर्सिङ जव पाउने आशामा निकै उत्साहित बन्दै तालिम लिदै थिएँ । काम गाह्रो भए पनि कुस्तै दाम आउने आश थियो ।

तीन वर्षजति पछि एकाएक पति शेखरले बाटो विरायो । त्यसपछि भने जीवन मानसिक रुपमा निकै पीडामय बन्दै गयो । शेखर एक फिलिपिनो केटीसँग बढी नै उठवस गर्न लागेको चाल पाएँ। उसैसँग घुम्न गएको पनि भेटेँ । मैले सोद्धा सँगै काम गर्ने साथी हो कुनै नराम्रो सम्बन्ध छैन भन्थ्यो । तर दैनिक पटक पटक फोनमा लामो सम्वाद गर्न थाल्यो । उसले मलाई दिने समय घटाउँदै लग्यो । तनावमा रहने, छिनछिनमा झगडा गर्ने गर्न थाल्यो । हामी बीच झगडा धेरै हुन थालेपछि उसैले डिभोर्सको प्रस्ताव ल्यायो। शुरुमा त मैले 'विदेशमा ल्याएर मलाई अलपत्र नपार, उसको संगत छोड' भनेर निकै फकाएँ, तर  नसुने जस्तै गर्यो । डिाभोर्स गर्छु भन्दै अरु केटी लिएर हिंड्न थालेको देखेपछि कसरी खप्नु - वास्तवमा स्त्री जातीको प्रमुख शत्रु भनेकै सौता ह। मुटु काम्दा काम्दै पनि मैले डिभोर्समा सहमती जनाएँ । निकै पीडा भयो । म निकै पछिसम्म पनि बाथरुमा पसेर रुने गर्थेँ ।

डिभोर्स दिए पछि शुरुमा त अलि हलुका अनुभव भयो तर पछि एक्लो र असहाय जस्तो अनुभव हुन थाल्यो। आफ्नै कमाइ भएर पनि त्यसवेला म आफूलाई निकै कमजोर र परनिर्भर जस्तो ठान्थेँ। म भर्जिनियाको एउटा सानो फ्ल्याटमा नितान्त एक्लो बनेर वसिरहेकि थिएँ। जीवन झन उदास उजाड बन्दै गयो ।

जीवन बाँच्ने साहरा नै सामाजिक सञ्जालहरु थिए । शुरुमा मेरा साथीहरु खासै थिएनन् । पछि जव मैले आफ्नो परिचय म्यारिडबाट सिंगल गरेँ त्यसपछि फ्रेन्ड रिक्वेष्ट गर्नेहरु पनि ह्वात्तै बढे। त्यसमा पनि खाडीतिरका नेपालीहरु धेरै थिए । बराबर भाइवरबाट कल गरिरहन्थे । त्यताबाट गरिने महिलाका कलहरु प्रायः कठोर पीडाले भरिएका हुन्थे । १५/१६ घण्टासम्म काममा घोटिनुपर्ने, कतै कुरा गर्न पनि अनुमति लिनुपर्ने, मालिकको यौन शोषण झेल्नुपर्ने, स्वतन्त्र घुमफिर गर्न पनि नपाइने जस्ता मर्मस्पर्शी यातनाका व्यथाहरुले भरिएका हुन्थे । हृदयविदारक यी कथाहरु सुनेर मेरो जीवन उत्साहित र प्रेरित हुने अवस्था त थिएन तर  एक्लोपनबाट म उदास भए पनि मेरो अवस्था उनीहरुको भन्दा निश्चय नै राम्रो थियो । त्यसैलाई म सन्तुष्टिको उर्जामा बदल्थेँ ।

तर केटाहरु चाहिँ प्रायः व्यथा पोख्दैनथे । उनीहरुको एक्लोपन, निरासायुक्त मन र थकित अवस्थालाई म महसुश त गर्थेँ तर उनीहरु यसलाई छोपेर उत्साह र यौनका कुरा गर्न बढी रुचाउँथे । कहिलकहिँ मदिरामा लट्ठ परेका वेला भने उनीहरु वेहोसीमै आफ्ना कथाव्यथा सवै ओकल्थे । कोही परिवार छोडेर विदेशमा रुखो र निरस जीवन जिउन बाध्य भएको पीडा पोख्थे भने कोही चाहिँ विहे गर्ने उमेरमा विदेशमा १४।१५ घण्टासम्म भोकैप्यासै काममा घोटिन बाध्य हुनु परेको व्यथा सुनाउँथे ।

म एक्लो छु भन्ने महसुस हुनासाथ केटाहरु प्राय यौनकै विषयमा सीमा नाघेरै कुरा  गर्न खोज्थे । एक्लो र निरास हुँदा कसैले फोन गरेर हालचाल मात्र सोधे पनि न्यास्रो कम हुन्थ्यो । त्यसैले पनि म फोन रिसिभ गर्थेँ तर उनीहरुको उदाङ्ग यौन संवाद मलाई असाध्य भद्धा र वितिष्णापूर्ण लाग्थ्यो। म डिभोर्स गरेर बसेकि केटी हुँ भन्ने बुझेर उनीहरुले मसँग जुन सम्वाद गर्थे त्यो मेरो चरित्र र स्वाभिमान माथिको प्रहार हो भन्ने अनुभूती हुन्थ्यो । सायद उनीहरु मलाई कुलटा नै सम्झन्थे। वास्तवमा विदेशमा बसे पनि मानिसहरुको सोच र व्यवहारमा परिवर्तन भने देखिदैनथ्यो । सम्झेर मलाई छक्क लाग्थ्यो । 

विहानीपख एकछिन फेरि निदाएँछु । उठेर कफी पिउँदै सम्झेँ, आज पनि मलाई कहिँ जानु छैन, दिन दिक्दारीपूर्ण हुनेछ । मैले करिब दुई हप्तादेखि काम छोडेर बसेकि थिएँ । न्युयोर्कको एक अस्पतालले मलाई जव दिने वारे सकारात्मक कुरा गरेको थियो, तर पत्र आइसकेको थिएन ।

विहान एकछिन पार्कतिर टहलिदै थिएँ, मनमा एकाएक परिवर्तित विचारहरु आए । 'वास्तवमा मैले किन आफूलाई यति कमजोर र असहाय अनुभव गरेको होला - म मेहनती र इमान्दार छु, काम गर्ने शिप छ भने जीवनसँग किन हार्ने - जीवनप्रतिको दृष्टिकोण सवैको एउटै हुनुपर्छ भन्ने के छ र - म आफ्नै पाराको उन्मुक्त जीवनशैली जिउने कल्पना गर्दै निवास प्रवेश गरेँ । फोनको घण्टी लगातार बजिरहेको थियो । साथी रश्मीले निकै दिन पछि फोन गरेकि थिई । उसले भनी, र्'र्एइ विहानै कता गइस - शेखरले तँलाई भेट्न खोजिरहेको छ, फोन उठाइनस् - उ त तँ सँग फेरि सम्बन्ध गाँस्नका लागि मरिहत्ते गरेर पछि लागिरहेको छ ।' पहिला त म छक्क परेँ ।

  'मसँग उसले लिन अव के नै बाँकि छ र - मेरो जवानी चुसेर भागेको त्यस्ता स्वार्थीको किन फोन उठाउने - फिलिपिनोले लात हानेपछि फेरि मेरो याद आयो त्यसलाई -' मैले ठाडठाडै भनेँ ।

शेखरले मलाई करिब छ महिना अगाडिदेखि भेट्न खोजेको थाहा थियो, तर मैले उसलाई मतलव नै गरेकि थिईँन । गर्ने पनि किन त्यस्ता धोकेवाजलाई -

शेखरले आफ्नो गल्ति स्वीकार्दै भेटेरै माफी माग्न चाहेको रश्मीले सुनाई । उ निकै कमजोर र चिन्तित देखिएको छ भन्दा मेरो रिसको पारो शून्यतिर झर्दै थियो।

  त्यसपछिको एक हप्ता निकै तनावमा गुज्रियो । सप्ता अन्ततिर सफलता हात लाग्यो । न्युयोर्कको एक अस्पतालबाट मलाई जव अफरको चिठी आयो । मेरो खुसीको सीमा नै रहेन । यो मेरो लागि जीवनकै उत्कृष्ट सफलता थियो । यसका लागि मैले धेरै दुःख झेलिसकेकी थिएँ । मैले एक हप्ता भित्रै हाजिर हुन्छु भनेर इमेल गरेँ । कसलाई सुनाउँ कसलाई भयो । मैले चितवनमा ममीलाई फोन गरेँ । साह्रै खुसी हुनुभयो ।

लामो समय निरासाबाट गुज्रिए पनि धैर्यता र लगनशिलता पछि अव उत्साहपपूर्ण जीवन शुरु हुन लागेको अनुभव गरेँ। मैले पुराना दुःख र कठिनाइहरु भुल्दै शून्यबाटै नयाँ  जीवन आरम्भ गर्ने अठोट गरेँ । विकृत बन्दै गएको मेरो जीवन शैलीलाई परिमार्जनको सोच बनाउँदै म न्युयोर्क प्रस्थानका लागि तयारी गर्दै थिएँ, रश्मीले फेरि फोन गरेर जसरी पनि एकपटक शेखरलाई भेट, साह्रै हत्ते गर्यो भनी । शुरुमा मैले एकदमै अस्वीकार गरेँ । तर निकै कर गरेपछि हार्न सकिन । आखिर उ मेरो दुःखमा सहानुभूती दिने साथी थिई । 'हतारमा छु एयरपोर्टमै भेटौँ' भनेँ ।

एअरपोर्ट डिपार्चर गेटको छेउमा रश्मीसँगै निन्याउरो मुख लगाएर शेखर उभिईरहेको थियो । मलाई हेरेर हाँस्न खोज्यो, म नदेखे झैँ गर्दै थिएँ, नजिकै आएर 'शरी है मलाई माफ गर' भन्दै पछुताउ गर्यो । उसले आफ्ना भूल स्वीकार गरेर भविष्यमा गल्ति नगर्ने बाचा गर्दै पुनः सम्बन्धको प्रस्ताव राख्यो । मैलै एक निमेषमा उसँगका रमाइला दिनहरु याद गरेँ । उसले मलाई रुवाउँदै छोडेर गएका दृश्य र पीडाहरु सम्झेँ । अनि उसलाई अंगालो मारेर उसका सवै पुराना गल्तिहरु माफ गरेको सुनाएँ । तर भविष्यको जीवनका कुनै पनि मोडमा उसँग सम्पर्क र सम्बन्ध गाँस्न नचाहेको अन्तिम निर्णय सुनाउँदै नयाँ जीवनको परिकल्पनासाथ प्रस्थान कक्षबाट अगाडि बढेँ । 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट