बाकस आयो , बाकस आयो

चुनाव
  • Get News Alerts

tata

६ फुटे बाकस आयो

पल्लाघरे काकाले भने

हिँड जाउँ काठमाडौँ, तिम्रो बाबाको बाकस आयो

आमा त हिजै गैसकिछन्

काका -आमालाई भन्दिनू

म पुग्नुभन्दा पहिला नखोल्नु रे बाकस!

जादाखेरि बा ले भनेर गा 'थे

कोशेली पठाउँछु

तिम्रा लागि बाकस भरि

आमाको लागि झोला भरि

आमा त् रुदै गईन अरे!

आफ्ना लागि कम भो भनेर हो कि

नरूनु है आमा , नाना मात्र म लगाऊछु

पापा त् खाउला  नि बाडीचुढी !

 काकाले मलाई सुमसुम्यौउँदै

काखमै राखे बाटोभरी

सधै सपनीमा बा आउँछन्

गाडीमा पनि निदाए, आउँलान् कि भनि

आज सपनीमा पनि बाकस  मात्र देखेँ

आफैलाई कोसे , कस्तो लोभी भए म पनि !

ट्याक्सीमा पहिलोचोटी चढ़दैछु

सिधै छिर्‍यो एयरपोर्ट भित्र

आमा अझै रूदै रहिछिन्

आफ्नो छाती पिटीपिटी !!

अलि नजिक गएर हेरेँ

बा पो रहेछन् बाकस भित्र!

आमाको मुख थुने दुई वटै हातले

निदाई रा 'छन् बा भनि !

बा सँगै तीन वटा बाकस बन्द थिए

खुशी भए!! बा पनि आएछन्

ल्याएछन् बाकस अरु पनि ‍!

धुप अगरबत्ती , अबिर अनि खादा

आउँदा किन निदाएछन् बा

उठेरै गा' थे जादा!

बा लाई पशुपति लग्नुपर्छ भन्दा

अचम्ममा परेँ ,सुतिरहेको मान्छे

कसरी गर्छ र दर्शन भनि!

मन्दिर पुग्दा त उठ्लान् बा

कस्तो लाटी म पनि!

 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट