नेपाली पनि नयाँ बनिसके

yamaha
  • Get News Alerts

united
tata

ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

 

नयाँ नेपाल बनाउँछु भन्थ्यो

धन्न कसो कसो वर्ष दिनमै एउटा नयाँ नेपाली चै बनाई हालेछ

नयाँ नाराले म सिंगो देश र समाज हल्लाउ छु भन्थ्यो

आजभोलि त "हो बाबु हो हो " को  नारा लगाउँदै कोक्रो पो  हल्लाउन थालेछ।

 

समाजमा आमूल परिवर्तन ल्याउनुपर्छ त अझै भन्दै छ

उसका गन्हाउने मोजा परिवर्तन गर्ने र धुने काम उसकी आमाले गर्दै छ

देश सम्बृद्ध बनाउनुपर्छ पनि भन्दै  छ  बेला कुबेला 

उसका आमसभा र जुलुसमा जान गाडीभाडा र खाजा खर्च भने मै सँग माग्दै छ। 

 

उसले समाजमा परिवर्तन ल्याउने काम घरैबाट शुरु गरेको छ

घरमा भएका देवी देवताका फोटा झिकेर उसका मृत नेताका फोटाले भरेको छ।

घरमा भएका रामायण, दुर्गा कवच र महाभारतका किताब सब रद्दीमा बेचिदियो।

मेरो पूजाकोठासमेत  जिल्दामै रगताम्मे  खुकुरी र झ्याप्ले विदेशीका फोटो भएका किताबले भरेको छ।

बिहानै उठेर बुहारी मलाई र उसकी सासूलाई मुड्की उज्याएर अभिवादन भन्छिन्।

मेरी अर्धांगिनी जब राम नाम जप्न थाल्छिन्, बुहारी बोल्सेभिक्स क्रान्तिको किताब पाठ गर्न थाल्छिन्।

छोरो आज कुन नेता को कहाँ जुलुस र आमसभा छ भनेर पात्रो हेर्न थाल्छ

अब आज यसले कति खर्च माग्ने हो भन्ने डरले मेरो  मुटु काम्न थाल्छ

 

बल्ल बल्ल आज उसलाई कतारको भिसा लाग्यो रे

राम्रै होला भनेको त - "बा ! अब हाम्रो  माझिखेत बेचौ" पो भन्न आइपुग्यो

त्यो पैसाले उ विदेश जाने रे, केही वर्ष पछि धेरै पैसा कमाएर ल्याउने रे

घरमा मस्त तरुनी बुहारी छ, काखमा दुधे  नाति छ, रोगी बुढी छ,

एउटा बुढेसकालको सहारा ठानेको छोरो अनिश्चित लक्ष्य लिएर अनिश्चित गन्तब्य हिडेको छ

मेरो मन, मस्तिस्क, शरीर, परिवार, घरको संस्कार र पुर्ख्यौली सम्पतिमा समेत परिवर्तन त आइसकेको छ।

कहिलेकाही पावर वाला चस्मा लगाएर आफ्ना लुगाका जुम्रा टिप्दै यसो सोच्छु म

मेरा लागि त बिगत क्रान्तिका उपलब्धिहरु संस्थागत भईसके

नयाँ नेपाल त  बन्यो बन्यो, नेपाली पनि नयाँ बनिसके

नेपाली पनि नयाँ बनिसके

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट