खाडीः पैसा फल्ने रूखको शहर

yamaha
  • Get News Alerts

united
tata

यहाँ मलाई सबैभन्दा रिस उठ्ने समय भनेको बिहान हो। भर्खर सुतेजस्तो मान्छु, मोबाइलको आलार्म बज्छ। यत्रै उठ्दैन भनेर आलार्मलाई स्नोज गरेर सुत्छु। बंगाली फोरम्यानले फोन गर्छ– ‘अबे बहादुर ! काम पे नही आयगा ? क्या तेरा बाँपका कम्पनी हे ?’

रिसले अनुहार रातो बनाउँछु, लागेको निद्रा अनि अल्छीपना गायब हुन्छ। जुरुक्क उठेर कम्पनी गएर फोरम्यानको कठालो समातेर हुत्याउँदै सडकमा पछार्न मन लाग्छ तर सक्दिनँ त्यसो गर्न। मुखै नधोएर हतारमा कम्पनी पुग्छु अनि शुरु हुन्छ खाडीको दैनिकी। उता नेपालमा बस्नेहरुको लागि मस्तको दैनिकी छ मेरो। खायो, पियो, मस्ती ग¥यो भन्छन् सबैले। तर यता आफ्नो हालत मनाङ–मुस्ताङमा नूनका भारी बोक्ने खच्चड, गधाको भन्दा बेहाल छ। उठ्यो, डिप्टी आयो, पकायो खायो अनि सुत्यो।

फोरम्यान र बंगाली स्टाफका गाली अनि तुच्छ व्यवहारको के बयान गरुँ र ? सबै समेटे भने घर बाआमा रुन्छन्, स्वास्नी केटाकेटीले आजै आइज, आजै फर्के भन्नेछन्। तर त्यसो भयो भने मैले त सुख पाउला तर भविष्य बन्दैन। हामी छोरा मान्छेलाई उतै रुने, यतै रुने। अभागी कर्म।

मन नलागे पनि डिप्टी गर्नैपर्ने बाध्यता। छुट्टी गर्ने रहर मलाई सधै चल्छ। तर एकदिन छुट्टी गरेको सजाय एक सय दिराम काटिन्छ। नेपाली तीन हजार। एक दिन दुख गरे भने नेपालमा बाआमालाई दुई महिना दूध किनेर ख्वाउन सकिन्छ। एक–एक हिसाब गर्छु, यहि हिसाब गर्ने बानीले अहिलेसम्म खाडीमा टिकाएको छ, दुईचार रुप्पे कमाएको छु।

अझ एउटा कुरा अचम्मको छ। म खाडी छिरेपछि प्रशस्त साथी कमाएको छु। उतै नेपाल बस्ने। गाउँघरमा नचिनेझै गरेर बाटो काटेर हिँडनेहरु पनि आजभोलि फेसबुकमा साथी बनेका छन्। नेपाल छँदासम्म नचिन्ने किस्नेले च्याटमा भन्यो– ‘भाइ ! भिषा निकाल्न सक्चस भने मलाई पनि उतै बोला न यार !’

उसले यस्तो म्यासेज पठाउँदा आफू ठुलै मान्छे भैएचझै लाग्छ। यो त सामान्य भयो, मैले दुई चार रुप्पे कमाको देखेर ऊ बेला स्कूल सँगै पढेकी सुनिताले च्याटमै भनी– ‘स्कूल पढ्दा तिम्लाई लास्टै मन पराउथे, तर मेरो कर्ममा तिमी लेख्या रैनछ।’

किन नलेख्थ्यो, सयौ पटक प्रपोज गरेको हँु उसलाई। म गरिब भनेर कहिल्यै प्रपोजको रिप्लाई गरिने, अहिले आएर मैले कमाको, दुख गरेरै भएनि सुखको खोजीमा हिडेको देखेकी छे, पछि लाग्दैछे। सुनेको छु उसको बूढो जड्याहा हो रे। बाउ–बाजेबाट आएको सम्पत्ति बेचेर गाडी किन्या थियो, पछि जुवा, तास अनि रक्सी र तरुनीको लतमा लागेर सबै भुट्यो रे। अहिले त्यो जड्याहा पोइ भन्दा मै राम्रो लाग्या होला, लाइन मार्दैछे सुनिताले। म राम्ररी बुझ्दैछु उसको कुरा, तर गफ हाँसो मजाकमै टुङ्गिन्छ।

नेपाल हुँदा नगन्ने हितैषीहरु पनि आजभोलि च्याटमा सञ्चो विसञ्चो सोध्छन्। अनि लास्टमा भन्छन्– ‘कहिले आउँदैछस् नेपाल ? आउँदा एउटा मोबाइल ल्याइदेस्।’

बिस्ने, काजी, कमलेहरु मोबाइलको आशामा बसेका छन्। तिनीहरु सोच्छन् ! खाडीमा मोबाइल फल्ने साना–साना रुख हुन्छन्। मैले टिप्दै पठाउँदै गर्ने हो। अझ अस्ति बिस्नेले थर्काउदै भयो– ‘जाबो एउटा मोबाइल पठाउन सक्दैनस् ? छिटो पठा अनि अलि दामी है !’

आहा ! क्या सजिलो छ थर्काउन। आँखा मिच्दै गरेको डिप्टीबाट कमाएको पैसाले अहिलेसम्म आमालाई एउटा धोती किन्दिन सक्या छैन, बालाई एउटा पाइन्ट किन्देको रेकर्ड छैन, स्वास्नीलाई एउटा साडी किन्ने सपना मात्र हुँदैछ। बल्ल–बल्ल ऋण सकिँदै छ, साथीहरु चै हजारौको मोबाइल रोज्छन अनि भन्छन्– ‘जाबो एउटा मोबाइल पठाउन सक्दैनस् ?’

फोरम्यानसँग झगडा परेको बेला अस्ति दिउँसो बिरेले म्यासेन्जरमा कल गरेर भन्यो– ‘साथीहरुसँग मुस्ताङ घुम्न जाँदैछु, दस हजार रुप्पे आइएमई गर्दे न यार।’

झनक्क रिस उठ्यो, अबुधाबी जाने दश रुप्पे भाडा खर्च हुन्छ भनेर छुट्टीमा रुममै बस्छु, दुबईमा मामाको छोरा भेट्न जाँदा दुईसय दिराम खर्च हुन्छ भनेर आजसम्म गाको छैन, बिरे चै कति सजिलै भन्छ– ‘दश हजार आईएमई गर्दे !’

उसले सोच्छ होला, खाडीमा पैसा फल्ने रुख हुन्छन्। टिप्यो, माग्नेले मागे जति पठायो। आजभोलि त ती तमाम साथीहरुसँग पनि बोल्न मन लाग्दैन जो हेल्लो हाई गर्न भन्दा पैला मोबाइल, ल्यापटप अनि पैसा माग्छन्। सबैले सोच्छन ! खाँडीमा पैसा रुखमा फल्छ। तर यहाँको दुःख, गर्मी, तनाब अनि मनको पीडा त्यसले मात्र बुझ्छ जस्ले खाडीमा पसिना चुहाएको छ।

नेपालमै राम्रो कमाउनेहरु पनि नेपाल आउँदा के ल्याइदिन्चस् केटा भन्दै म्यासेज गर्छन्, अलिकति नुनिलो स्वादको पसिना ल्याइदिन्छु भन्न मन लाग्छ। तर भन्दैन। किनभने ती बिचरालाई के थाहा यहाँ कति नुनिलो पानी बग्छ भन्ने। उनका लागि त गगनचुम्मी महल, चिल्ला फराकिला बाटा अनि ब्यस्त बजार नै खाडी हो। दुःख, पीडा, गर्मी, गाली, अपमान सहने म छँदैछु नि।

साँच्चै भन्ने हो भने १ लाख रुप्पे सयकडा तीन ब्याजमा काडेर खाडी छिरेको म साँवा र ब्याज तिर्नै एक बर्षभन्दा धेरै लाग्यो। त्यो भन्दा पछाडी कमाएको केही रुप्पे घा खर्चमै ठीक्क हुँदैछ। मनले साइली–साइली भन्दै स्वास्नीको याद गर्दैछ। बाआमाले बरु एकछाक खाउला तर अब आइज भन्दैछन्। म उता हँुदा एक महिना पुगेको छोरो फोनमा बाबा–बाबा भन्दै बोल्ने भसक्यो। अब यस्तो बेला दुई–चार रुप्पे जोडेर नेपाल फर्कन पाए बाँकी जीवन उतै बिताउन हुन्थ्यो। तर साथीभाइको आवश्यकता, घरपरिवारको आवश्यकता अनि आफ्ना रहरहरुले गर्दा अझै एक दशक यतै बिताउने छाटकाट देख्दैछु। यो रहर होइन, बाध्यता हो।

बाध्यतामा खाडी छिरेको मलाई रहरले छिरेको जस्तो व्यवहार सबैले गर्छन्, आफन्त, साथीभाइ सबैले। मोज गरेको छस् यार भन्ने साथीभाइ र कति उतै बस्छस्, अब त आइज भन्ने घरपरिवार सबैले मेरो बाध्यता बुझ्दैनन्। अस्ति फेसबुकमा चिल्लो कारको अघिल्तिर उभिएर खिचेको एउटा फोटो पोष्टिय। दुर्गेले कमेन्ट गर्दै भन्यो– ‘वाउ हेन्सम ! मस्ती छ है।’ अनि त्यसैको तल राजुले लेख्यो– ‘लास्टै हेन्सम भएको छस्, के खान्छस् ?’

दुवैलाई भ्रम थियो। मैले न मस्ती गरेको छु, न हेन्सम नै भएको छु। नानाथरीका मोबाइल क्यामराले मलाई सुन्दर पक्कै बनाएको थियो तर वास्तविकता फरक थियो। अनिँदो, नमिलेको खानपान अनि हरेक दिनको डिप्टीले म खस्कँदै थिए तै पनि नेपालमा बस्नेहरुका लागि हट, हेन्सम अनि खाइलाग्दो भएको छु।

कुन दिन झोक चल्छ, रिल वाला क्यामराले डिप्टी गर्दै गरेको फोटो, खाना खादाको तस्बिर पोष्ट गर्छु अनि के भन्छन् खोइ ती तमाम दोस्ती अनि आफन्तले ?

खाडी आफैमा पीडा, दुःख अनि अन्योल भबिष्यको झाडी हो। यहाँ न पैसा फल्ने रुख छन् न त फेसबुकमा देखिने जस्तै मस्तीको जिन्दगी। आधा पेट खाएर डिप्टी कुद्नुपर्ने बाध्यता, आगोभन्दा पोल्ने गर्मीमा खटिनुपर्ने बाध्यता सबै खाडीमै छन्। त्यसैले जस्तो सोच्नुहुन्छ त्यति सजिलो छैन खाडी। दुःख धेरै गरेर परिवार पाल्ने सपना देखेर आएको हुँ। मोबाइल, ल्यापटप अनि थोरै खर्च मागेर सर्मिन्दा नबनिदिनुहोला।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट