आमा ! म गोबिन्द बोल्दैछु,
मेरो घरको भिरमाथि, दुस्मन को तिरले मलाई
र तिमीलाई पिर परेको बेला
लड्न गएको थिएँ आमा, यही वर्ष,
तिम्रा हातहरू च्यापिएका बेला,
मेरै छिमेकमा तिम्रो घर र मेरो बारी
रक्षाका लागि बसेका सुरक्षाकर्मी छँदा छँदै
मेरो शरीरमा बिदेसीको गोलीले मेरो बोलि
असुरक्षित भएको थियो आमा यही वर्ष,
शायद बिर्सेउ हौली तिमीले मेरो दुःख
सम्हाल्दा सम्हाल्दै तिम्रा लाखौ पिडाहरु
दुनिया स्वर्गको पर्खाईमा हुन्छ,
तर
म अझै पनि नर्क मा छु जस्तो लाग्छ
पुगे पनि स्वर्गमा
म यहाँ अझै पनि असुरक्षित छु आमा !
दिन भरी बिदेशीका भारि बोकी
सुको पैसा कमाउँछु आमा
तर थाहा नैछ तिमीलाई जस्तो त्यहाँ छ, त्यसै छ यहाँ पनि
सूर्य पनि उसको छ
पानी पनि उसको छ
तिर्नुपर्छ हप्तै पिच्छे ऋण
जुन तापेको घाम, अनि खाएको पानीको
बोल्ने कोही छैन आमा
छन मेरा नजिक कोही नेपालीहरू त
तर, उनीहरु पल्लो गाउँमा,
भारू र डलर कमाउन गएका छ,
म त बसेको छु दिनभरी मेरा पल्लाघरे बुढा बा
अनि आमा र भूकम्पले पठाएका घाउमा मल्हम लगाउँदै,
बेलुका दुई चारजना दाजुभाई त आउँछन्
यो गोविन्द नजिक
तर पानीपुरी बेचेर फर्किन्छन्,
कैयौं पटक त कुट्छन् आमा मलाई ति बिदेशी हरुले
सुन्ने कोही छैन आमा यहाँ
हेरी बस्छन्
म यहाँ अझै पनि असुरक्षित छु आमा!
मलाई भक्कानु फुटाउँदै रून मन लाग्छ
जब अनयासै मेरो फुलबारी धुझा-धुजा पार्छन्
मध्यरातमा
फेरि फर्किन मन थियो आमा त्यो देश मा
तर अब फर्किन पनि लाज लाग्छ,
जब सुनाउँछन् त्यहाँको खबर हिजो आएका बा'ले
मेरो मृत्युमा तोपका सलामी सुन्दै
मलामी फर्केका थिए अरे,
मेरो सरकार मुकदर्शक भइ मेरा मलामी गंदैथ्यो अरे
सायद विदेश भन्दा कम भएहोलान मलामीहरू
त्यसैले उ चुपचाप छ
मैले मेरा छोरा-छोरीलाई आफैं पढाउने सामर्थ्यले जन्माएको हुँ आमा
तर मेरो मृत्यु मेरा सन्तानको उज्जल भविष्य भयो अरे,
साच्चै भक्कानु फुटाइ रुन मन छ,
यो खुसीमा कि, मा यस्तो ठाउँबाट टाढा भए
जहाँ, असुरक्षित सुरक्षा छ,
निदाएको सरकार छ,
नेत्र बिहिन समुदाय छ
यो दुःखमा कि, मेरो मृत्यु अर्थबिहिन भयो!!