जीवन व्यवस्थापनको सूत्र

चुनाव
  • Get News Alerts

tata

तपाईका लागि समयले अलिकति मागेको छ । सबै मानवसँग बराबर समय उपभोगमा छ कसैले समयको महत्व नजानेर सघन प्रयोग गर्दछन्, कसैले सरल । सघन प्रयोगमा हतार, त्रास, हडबढि आदि हुन्छ भने समयको सरल प्रयोगमा प्राकृतिकपना, शान्ति, आनन्द, प्रगति र कार्यको सुचारु सम्पादन हुन्छ । तपाई आफ्नो दैनिक दिनचर्या र आफ्नो शैलीमा कार्य गरिरहनु होस् तर अलिकति प्रगति दैनिक गर्नुहोस् ।

अलिकति हिजोको भन्दा राम्रो, अलिकति हिजोको भन्दा प्रगति, अलिकति कला, ँष्लष्कजष्लन र अलिकति महत्व थप्नुहोस् । तपाईको स्तर तपाईको क्षेत्रअनुसारको प्रगति गर्नुहोस् । नयाँँ पुरानो दुवै काममा क्षमताअनुसार अलिकति प्रगति र प्रयास जारी राख्नुहोस् ।

जब तपाईले दैनिक अलिकति प्रगति गर्नुहुन्छ त्यो मानौ ३६५ दिनमा अलिकति पनि ठूलो परिणाम नै भइसक्छ । हरेक प्राकृतिक प्रगति र सृष्टि समयसँगको निरन्तर अलिअलि प्रगतिको परिणाम हो । एउटा बच्चा अलिअलि गरेर गर्भमा विकास हुन्छ, सुन्दर र पूर्ण भई जन्म लिन्छ । प्रगति र राम्रो गर्न हतार नगर जब अलिकति नराम्रोलाई वास्ता गरिन्न, त्यो अलिकतिमा पुनः क्रमशः अलिकति नराम्रो थपिन्छ समय चक्रले थपिदै गएको नराम्रोको परिणामले तपाई र तपाईको कर्म नराम्रो भइसकेको हुनेछ । नराम्रो र अव्यवस्थामा अलिकति भनेर लापरवाही नगर्नुहोस् । कमजोरीमा क्षमा दिनुहोस्, त्यो क्षमा नै प्रशिक्षण होस् । नकारात्मकतामा कहिले क्षमा नदिनुहोस्।

प्रगति र राम्रो हुनैपर्दछ जब आपैmमा हेलचेक्राई हुन्छ क्रमशः अन्य व्यक्तिहरू पनि असफल बन्दै जान्छन् । जीवनलाई सन्तुलन गर, हरेक दिन प्रगति गर, हरेक दिनको सानो प्रगतिको मूल्यांकन गर र अर्को दिनको योजना बनाउ । जीवनलाई कलात्मक र संयमित बनाउनु होस् । तपाईले गर्नैपर्ने जरुरी हरेक कार्यलाई समय दिनुहोस् र सम्मान दिनुहोस् । कार्य गर्न वाध्य हुने तर सम्मान र श्रद्धा नगर्नाले तपाईको प्रगति रोकिन सक्छ । समाजमा त्यो सफल छ जसले कर्मलाई सम्मान र हरेक दिन केही प्रगति गरिरह्यो । मानव जीवनमा नगरी नहुने तीन पक्ष छन् ।

(क)ज्ञान पक्षः ज्ञानको गुण जस्तै शान्ति, आनन्द, हर्ष, खुशी, प्रेम ज्ञानको प्रयोग पक्ष चेतना, विचार, तर्कहरू मानवले ज्ञानको गुण पक्षको हर समय प्रयोग गरोस् । मानवले ज्ञानको प्रयोग पक्षलाई हरेक दिन केही नयाँ प्रसंग थपोस्, नयाँँ चिन्तन, नयाँँ अभ्यास, नयाँँ प्रयोग गरोस् जसले ज्ञानको गुण पक्षलाई सवल र फलदायी बनाउनेछ । मनको खुराक ज्ञान पक्ष हो अर्को शब्दमा यसलाई मन पक्ष भनी वर्णन गर्न पनि सकिन्छ ।
(ख)शरीर पक्षः शरीरको खुराक अन्नपानी, हावा आदि हो । मानवले शरीर पक्षको पुष्टपोषण र सञ्चालनका लागि सही, ठिक ढंगले अन्न पक्षको ग्रहण गरोस् । व्यायाम, परिश्रम, शरीर ठिक राख्ने चुस्त पार्ने हरेक विद्यामा समय देओस् । यसले खरावी पक्षलाई ठिक गर्नेछ जुन नगरी नहुने पक्ष हो ।

(ग)व्यवहार पक्ष वा संसार पक्षः हरेक मानवको अनगिन्ती आवश्यकता हुन्छन् । युवा वर्गले बालबच्चा, बुढाबुढी, घर व्यवहार, समाज, चाडपर्व, शिक्षा, स्वास्थ्य हरेक पक्षलाई समय अनुकुल ठिक ढंगबाट सम्वोधन गर्नुपर्दछ । यी हरेक सम्वोधनका लागि श्रोत चाहिन्छ । श्रोतको उपलव्धिका लागि धन चाहिन्छ । धनका लागि कर्म र परिश्रम चाहिन्छ । परिश्रममा नयाँँपना, थोरै समयमा धेरै काम, समयबाट गुणात्मक श्रोत प्राप्ति आदि को उपाय खोजौं । व्यवहार पक्षलाई व्यवस्थित गर्न नसके अन्य पक्ष आपैm बिग्रिएर जान्छ। मानव आ–आफ्नो कर्म गरुन्, कर्म खोजुन्, कर्म विना नबसुन् । जो कर्म विना बस्दछ उसको साधन श्रोत खर्च मात्र भई रहन्छ र थोरै समयमा सकिनेछ तसर्थ व्यवहार चलोस् र मिलोस् भन्ने उद्देश्यले मिहीनेत गर ।

यी तीन पक्षमा मन पक्ष, शरीर पक्ष र व्यवहार पक्षको त्रिकोणात्मक प्रयोगको हर समय, प्रयोगलाई प्रेम गर । सबै प्रयोगमा कर्ता परमात्मा आफू साधन भएको विचार गर । जब यी त्रिकोणात्मक सम्बन्ध सुचारु गरी तिमी मूलको खोजी गर्दछौ त्यसपछि सहज रुपमा त्यो मूल परमात्मा प्राप्त गर्न सकिन्छ । पीडा र अव्यवस्थाहरूले दिमाग सघन बन्दछ । जब दिमाग सघन हुन्छ समय बाक्लो हुन्छ त्यसपछि प्राप्ति र प्रगति रोकिन्छ ।

मन, शरीर र व्यवहारलाई ठिक पार्दै उलेख्य प्रगतिका लागि दैनिक ज्ञान, गुणको विकास गर, खोजी कायम राख । जीवनलाई कलात्मक बनाउ, हरेक आवश्यकतालाई समय देउ, हरेकभित्र उसैको बास छ । तिमी दुःखी भए उहाँ दुःखी हुनुहुन्छ, खुशी भए उहाँ खुशी हुनुहुन्छ। तिमी आफूलाई खुशी राख्नु परमात्मालाई खुशी राख्नु हो । तिमी ज्ञानी, कर्मयोगी, खुशी, कल्याणमय भयौं भने तिम्रो माता–पिता त्यसै खुशी हुनुहुनेछ त्यस्तै परमात्मा पनि ।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट