तनवीर

  • Get News Alerts

united
tata

कसैले ढोका बजार्‍यो। यता मेरो सातो गयो। 

सासुमा र जेठाजीले पनि यसरी नै ढोका बजारेर आएका थिए। मलाई जिउभरि मट्टितेल खन्याएका थिए।

अहिले पनि त्यस्तै आवाजले मेरो छाती फेरि खुम्चियो र मुटु फुल्दै आयो।

निदाएकी छोरीलाई हत्तपत्त काखमा  लिएँ।

दोस्रो चोटी भने कसैले विस्तारै ढकढकायो।  मिठो लय मिलाएर पहिले यसैगरी तनवीरले ढोका ढकढक्याउँथ्यो।

ढोकातिर सुनसान छायो।

यहाँ मलाई खोज्दै यो साँझमा तनवीर आउँदैन अब। को आइपुग्यो?

'कौन है रे,' मैले सोधेँ।

अहँ कोहि बोलेन। धेरैबेर कुनै आवाज आएन। कसैले आवाज नदिएपछि छोरीलाई मैले खाटमा सुताएँ।

ऊ निदनिदैमा हाँसी। मेरो मनमा बत्ती बल्यो।

ऊ हाँस्दा  तनवीरको झल्को पनि त आउँछ। त्यही झझल्कोले मलाई यसरी डराएका बेला भरोसा दिन्छ। कहिले भने त्यही झझल्को घाउझैं बल्झिन्छ मनमा, झर्छ आँखाबाट।

कहिलेकाहिँ सोच्छु, तनवीर पनि उही स्कुलवाला शिवदादा जस्तै पो भयो कि?

शिवदादालाई तह लगाउने 'टिचरजी' जस्तै बन्ने मेरो सपना सुनाउँदा तनवीरले मुस्कुराउँदै भनेको थियो, 'मस‌ग पैसा भएको भए तँलाई सहर लगेर क्याम्पस पढाउथेँ।'

टिचर बन्ने मेरो सपना अब छोरीले पुरा गर्ने छे।

‍‍‍‍‍...

'शिव तिमीले सरितालाई हिजो के गरेको भन त,' टिचरले आदेश दिइन्।

शिवदादाको अनुहार रातो भयो। सरिता दिदीको शिर अझै निहुरेको थियो।

'सरिता तिमीले यता हेर,' टिचरले भनिन्, 'नडराउ!'

सबै टिचरहरु चुपचाप थिए। उनीहरुको अनुहार अचम्म परेजस्तो देखिन्थ्यो। आँखा चनाखा थिए। हच्किएका अनुहार बडो उदेक लाग्दा देखिए।

एकैछिन अघि त हो, शिवदादा  कम्मरमा एकछेउ बाँधेको फलामको सिक्रीलाई बीचबाट हातले घुमाउँदै आएको थियो।

उसका राता आँखासँग नजर नजुधोस् भनेर मैले सुटुक्क शिर झुकाइहालेँ। उसले याद गर्‍यो भने वित्यासै पर्थ्यो। दिनभर केही न केही दुख दिइहाल्थ्यो।

प्रार्थनाका लागि उभिएका केटाहरु पनि निहुरिए। केटीहरुले मैलेझैं आँखा झुकाए। टिचरहरुले एकनजर ऊतिर हेरे अनि आफ्नै तालमा हाम्रो लाइन मिलाउन थाले।

शिवदादा कक्षा नौको लाइनमा जाँदै थियो, नयाँ टिचरले उसलाई आवाज दिइन्।

सबैका तर्सिएका आँखा टिचरको अनुहारमा गाडिए। कुर्ता-सलवार लगाएकी, पातली र अग्ली पनि। चिम्सा आँखा निकै चम्किला थिए, उनको अनुहार भने ठूलो थियो। कपाल बाटेर लरक्क पार्थिन्।

शिवदादाले कपालको जुरेली पारेको थियो। त्यसमा खैरो रंग हालेको थियो। गोरो अनुहार पनि मैला परेको हुन्थ्यो, ठूला आँखा राता थिए। स्कुलभरी उसको राज चल्थ्यो। अहिलेसम्म उसलाई चर्को स्वरले कुनै टिचरले पनि बोलाएका थिएनन्। कसैले प्रश्न गरेका थिएनन्।

नौ कक्षामा पढ्थ्यो। केही मोटो र अग्लो थियो। बद्मासी गरे पनि धेरै बोल्थेन।

'तिमी यता आऊ,' टिचरले बोलाइन्। उसले सुनेन। शिवदादा त टिचरहरुसँग पनि डराउँदैनथ्यो। टिचर उसको लाइनमा गइन् र भनिन्, 'शिव तिमी अघि हिँड!'

शिवदादाले रातभरी नसुते जस्ता राता आँखाले उनलाई हेर्‍यो। टिचरको अनुहार रिसले तमतमाइसकेको थियो। मेरो मुटु ढक्क फुल्यो। घाँटी सुकेजस्तै भएको थियो। अब के हुने हो कुन्नी!

मिसले शिवदादाको कान निमोठेर अघि ल्याइन्। जहाँ सबै टिचरहरु उभिन्थे, त्यसको ठिक अघि उसलाई उभ्याइन्।

'सरिता तिमी अघि आऊ,' उनले शिवदादाको कक्षाकै दिदीलाई पनि बोलाइन्।

हिजै मात्र त हो, शिवदादाले हदै नाघिदियो।

दिदी पिसाब फेरेर फर्केका बेला उनको छातीमा चिमोटिदिएको थियो रे। सबै केटाहरु खित्का छोडेर हाँसेछन्। अनि उनी रुँदै कक्षा छोडेर घर गएकी थिइन् रे।

'भन त शिव, तिमीले के गरेको?' मिसको आवाज झन् चर्को भयो।

यो पहिलो पटक थियो शिवदादाले टाउको निहुरायो। शिवदादाले लाज मान्यो। शिवदादा थरथरी काँपेको पहिलोपटक थियो।

'सरिता ल भन त शिवलाई के गर्ने?' टिचरले सोधिन्। सरिता दिदीको अनुहार निलो भएको थियो। त्यसपछि टिचरले शिव दादालाई सोधिन्, 'ल भन शिव तिमीलाई सरिताले के सजाय दिनुपर्छ?'

ऊ केही बोलेन। टिचरको आदेशअनुसार उसले सबैको सामु सरिता दिदीसँग माफी माग्दै पाँच पटक उठबस गर्‍यो। त्यही उठबससँगै उसको राज खत्तम भयो।

यो पहिलोपटक थियो, कोही टिचर यति मिठो र राम्रो बोलेको मैले सुनेकी थिएँ। त्यो पनि गल्ती गर्ने विद्यार्थीसँग।

म सात कक्षामा पढ्थेँ।

त्यही दिनदेखि मेरो मनमा टिचर बन्ने सपनाले टाउको उठाएको थियो। 

'म पनि टिचर बन्ने छु र शिवदादा जस्ता केटाहरुलाई ठिक पार्ने छु।' मैले मनमनै आफैसँग वाचा गरेँ।

मैले घर आएर मम्मीलाई भनेकी थिएँ, 'म पनि टिचर बन्ने।' मम्मी खिसिक्क हाँसेर भनेकी थिइन्, 'आइज गुइँठा बनाउनु छ।'

त्यसको ठ्याक्कै ती वरसपछि एसएलसी दिने बेला भएको थियो। मेरो टिचर बन्ने दिन पनि त आउँदै थियो।

चुपचाप म सपनाको नशामा डुबिरहेकी हुन्थेँ, जहाँ मैले स-साना नानीहरुलाई पढाएकी हुन्थेँ।  त्यो रंगिन सपनाले सधैँ मलाई होलीझैँ रंगाएको हुन्थ्यो चुपचाप।

अकस्मात एकदिन आमाले मलाई भनिहालिन्, 'अरे विटिया तेरा रिश्ता पक्का हुवा रे।'

मैले टेकेको जमिनमा भुँइचालो गयो। गोडा लुला भए। मुटु बेस्मारी धड्कियो। ओठ र तालु दुवै सुके।

उफ्!

पुतलीजस्तै फुरफुर पर्दै स्कुलबाट आइरहेकी थिएँ,  आमाले पखेटै काटिदिइन्।

मेरा सबै गाउँले साथीहरु बिहे गरेर आफ्नै घर गइसकेका थिए। त्यसरी नै कुनै दिन जानुपर्छ भन्ने मलाई थाहा थियो। तर आजै? मलाई डर त लागिरहेको थियो, तर मैले चित्त बुझाएँ।

मम्मी म नजिकै आइन् र भनिन्, 'तँ भाग्यमानी रैछस्, तेरो केटा असाध्यै राम्रो छ।' यति भन्दा मम्मीका आँखा चम्किला देखिएका थिए।

'मलाई स्कुल जान दिन्छ रे मम्मी?' मैले उत्साहित हुँदै सोधेकी थिएँ।

'पढेर के गर्छस् रे? विटियालाई स्कुलभन्दा राम्रो त पराई घर हो।' उनले यति भन्दै चम्किएका आँखाभरी आँसु पारिन्। मेरा चम्किएका आँखा भने झ्याप्पै निभे। मेरो मुटु कटक्क खायो, मुटुछेउमा टाँगेको मेरो टिचर बन्ने सपना चुँडालियो।

हुन त विटियाले रंगी-विरंगी सपना देख्न हुन्न भन्थिन् मम्मी सधैँ। मैले टेरेकी थिइनँ। त्यो बेला बुझेँ, मम्मीले किन त्यसो भनेकी थिइन्। त्यहीबेला बुझेँ, सपना टुक्रिनु भनेको त जिन्दगी छियाछिया हुनु रहेछ। दिउँसै अँध्यारो हुनु रहेछ।

र, सायद आमा निश्चित थिइन्, छोरीका सपना टुक्रिनकै लागि बन्छन्।

बिहे गर्दिन भन्ने आँट त मसँग थिएन। मैले चुपचाप आफ्नो सपनालाई तिलाञ्जली दिएँ।

केटाको अनुहार कल्पना गरेर मैले चुपचाप आफ्नो 'भाग्य'लाई स्वीकार गरेँ। आमाका चम्किला आँशु बग्दै गालाबाट झरेको चुपचाप हेरिरहेँ।

जसरी उनी खुसी थिइन् चुपचाप। सायद दु:खी पनि थिइन् चुपचाप।

उनले धोतीको सप्कोले गाला र आँखा पुछ्दै भनिन्, 'तनवीर ज्ञानी रहेछ, हामीलाई दहेज चाहिँदैन भन्यो। केटाको परिवारले पनि विटिया भए पुग्छ भने।'

कहिल्यै नदेखेको उसलाई सम्झेर पहिलो पटक मेरो मन भरिएर आएको त्यही बेला हो। त्यतिखेरै अघि टुक्रिएर धुजाधुजा परेको मुटुको एउटा छेउ जोडियो क्यार! जहाँ जोडिएर सानो ठाउँ बन्यो त्यहीँनिर मैले चुपचाप उसको नाम लेखेँ- तनवीर!

बिहेको दिन उसलाई देखेपछि मलाई फेरि एकपटक थरर्र काँप छुट्यो।

दुलाहा त शिवदादा पो रहेछ।

...

ऊ घरमा  चुपचाप हुन्थ्यो। कहिलेकाहिँ बोल्थ्यो, हाँस्थ्यो र हँसाउँथ्यो तर निकै कम। ऊ दाजुका बच्चाहरुसँग खेलेर साँझ-बिहान गुजार्दो रहेछ। ऊ बच्चाजस्तै थियो र उसलाई बच्चा मन पर्थ्यो। एउटै स्कुल पढेको भनेपछि उसले मसँग लाज मान्यो। केही दिन ऊ मेरो छेउमै परेन। परबाट मलाई चोर नजरले हेर्थ्यो। मैले पक्रिएँ भने मुस्कुराउँथ्यो। लजाउँथ्यो।

ऊ सुध्रिएछ।

मलाई तनवीर साह्रै मन पर्न थाल्यो।

टिचरले सजाय दिएपछि मामाघरको स्कुल आउन छोडेको थियो। त्यसपछि मामाघरबाट  यहाँ आफ्नै घर आएछ। सुध्रिनचाहिँ कसरी सुध्रियो कुन्नी मैले कहिल्यै सोधिन। स्कुलका कुरा निकाले ऊ झन् बढी लाज मान्थ्यो।

केही दिनपछि पहिलो पटक ऊ मेरो नजिक अचानक आएका थि। यो म शिरमा सिन्दुर हालिरहेकी थिएँ। हो कि हैन जस्तो गरी मेरो पिठमा उसले छोएर गयो। जस्तो वतासले छोएर जान्छ। त्यति मधुरो छुवाई कति गाढा बनेर मेरो तनमा पोतियो।  त्यही छुवाईले मलाई तनवीरको सम्पूर्ण जीवनमा प्रवेश गर्न तानिरह्यो। त्यही छुवाईको डोरीले कसेर मलाई दिवानी बनायो। र, सायद उसलाई पनि!हाम्रो प्रेम बस्यो।

तीन महिनापछि हामी दुवै माइती गएका थियौँ।

बाटोमा उसले मलाई आफ्नो सबैभन्दा किम्ति सपनाबारे सुनाएको थियो, आफ्नै पसल  खोल्ने। उसको सपनालाई पनि मैले चुपचाप आफ्नो आँखामा बसालेकी थिएँ।

मैले पनि सुनाएकी थिएँ, उसलाई टिचर बन्ने आफ्नो अधुरो सपनाको कुरा।

बसको पछिल्लो सिटमा मेरा हात खेलाउँदै उसले भनेको थियो, 'मेरो आफ्नै पसल भएपछि तँलाई म क्याम्पस पढ्न पठाउँछु।' 

मेरा आँखा भरिएर आएका थिए।

ऊ यति धेरै असल कसरी हुन सकेको होला है!

फर्केर आउँदा सासुमाले मेरो झोलामा निकै ध्यान दिएकी थिइन्। त्यही बेलुका हाम्रो घरमा गाउँभरी कसले कति दहेज ल्यायो भन्ने कुरा चल्यो। त्यही दिनदेखि सासुमाको कचकच सुरु भयो मैले दहेजमा केही ल्याइन भनेर। मम्मीबाबा त दहेज दिन सक्दैनथे।

तनवीर केही बोल्नै सकेन। माई यस्तै हुन् भनेर टार्न खोज्थ्यो। ऊसँग माईबाबाको अघि बोल्ने हिम्मत पनि थिएन।  

तनवीरको घरमा मलाई घुटन हुन थाल्यो। मैले गरेको काममा दोष निकाल्दै सासुमाले मलाई तथानाम बोल्न थालिन्। केही समयपछि त आमाजु र जेठाजु पनि मिसिए। जेठाजुले टन्नै दहेज ल्याएका थिए रे। जेठानीचाहिँ केही बोल्दिनथिन्।

बिहेको चार महिनापछि मेरो पेटमा बच्चा बसेको थियो। मैले तनवीरको हात आफ्नो पेटमा लगेर राखिदिएकी थिएँ, ऊ चुपचाप मेरो अनुहारमा हेरेर टोलाएको थियो।

'बच्चा पाएर अब केले पाल्ने रहेछ?' तनवीरको बाबाले एकबिहान मलाई सुनाए। मेरो धरती हल्लियो। मलाई थाहै थिएन अब के भन्ने? तनवीरले कोठाबाट सुनेको थियो। उसलाई के कुरा लगाउनु? मलाई एकदम डर लागिरह्यो।

कुन्नी किन विस्तारै तनवीर पनि फेरियो। ऊ धेरै समय दाईको पसलमै बिताउन थाल्यो। घरमा त यसै पनि बोल्दैनथ्यो। मसँग पनि टाढै बस्न थालेको थियो सकेसम्म। म उसको नजिक जान खोज्थेँ। ऊ बहाना बनाउँथ्यो। म संसारमै एकदम एक्ली भएकी थिएँ।

म माइती गएँ।

अहँ! तनवीर मलाई लिनै आएन। गएकै दिनदेखि उ मलाई लिन आउला कि भन्ने आशले बाटो हेरेर बस्न थालेकी थिएँ। तनवीर कसरी त्यति निर्मोही हुन सक्छ? 

कसरी?

चार-पाँच महिनासम्म पनि कोही लिन नआएपछि बाबामम्मीको अनुहार एकदमै अँध्यारो भएको थियो। समाजलाई के उत्तर दिनु? मम्मी त कतिपटक मन्दिर पनि गइन्। अहँ, तनवीर आएन। मैले मनमनै हजारौँबार उसलाई बोलाएँ। के उसले सुन्दै सुनेन?

'तँ सम्झी मात्रै म तेरै अघि हुन्छु,' उसले त यस्तो भनेको थियो पहिले।

खै मैले त उसलाई बिर्सेको एकपल पनि छैन।

बच्चा जन्मिनेबेला माइती बस्न हुन्न भनेर बाबाले नै मलाई फेरि तनवीरको घर ल्याए। मलाई आउनै मन थिएन। तर, तनवीरलाई देख्ने लालसाको अघि म चुपचाप हारेँ।

तनवीरको घरमा एकरात बस्दा बाबालाई अनेक सुनाइसकेका थिए। बाबा निन्याउरो अनुहार बनाएर जानुभयो। उहाँले ऋण खोजेर पनि दहेज दिन सक्नुहुन्नथ्यो। आफ्नो बाबाको यति निरीह अनुहार मैले कहिल्यै देखेकी थिइनँ। मलाई खपिनसक्नु भयो। मेरो मुटु कटक्कै खायो र खाइरह्यो। त्यहीबेला मलाई आफ्नो टिचर बन्ने सपना याद आयो। म टिचर बनेको भए आज बाबाको यस्तो अनुहार देख्नु पर्दैनथ्यो।

अनि, मैले हिम्मत गरेर सासुमालाई भनेँ, 'बिहे छिन्न जाँदा तनवीर र उसका बाबाले दहेज चाहिँदैन भनेका थिए।'

त्यसपछि त हदै भयो।

भोलिपल्ट बिहानैदेखि मलाई बाहिर निस्किनै दिएनन्। कोठामा थुनेर राखे। तनवीरले पनि ढोका खोलिदिएन। उसलाई अब सम्झिनै मन लाग्न छोडेको थियो। सम्झ्यो कि, आँशु आउँथ्यो। सम्झ्यो कि, हात समातेर हिँडेको मात्रै याद हुन्थ्यो। खासमा मलाई तनवीरको त्यही मायावी रुप मात्रै याद गर्न मन हुन्थ्यो। त्यही यादको सहारामा एकैछिन भए पनि मेरो मन बहलिन्थ्यो। यो आफूदेखि चुपचाप भागिरहेको तनवीरलाई त म चिन्दै चिन्दिन।

र, एकदिन बिहान मलाई जलाइदिने सासुमा र जेठाजुको योजना सुनेँ।

उनीहरु बन्द कोठामा मलाई थुनेर आगो लगाइदिने छन्। मेरो मुखमा बुझो लगाइदिने छन्। म चिच्याउन पनि सक्नेछैन।

एक मन त मलाई लाग्यो तनवीरले मुख फेरेको जिन्दगी बाँचेर के गर्नु? 

मलाई मर्न मन लागेको त्यो पहिलो पटक हो।

'मेरो भागको खुसी उसैलाई दिनु!' मैले देउतालाई अकस्मात पुकारा गरेँ।

'म मरेपछि उसलाई दुख भयो भने?' थाहा छैन मनले किन कसरी यस्तो सब भनिरहेको थियो। थाहा छैन, तनवीरलाई नफरत गर्न म किन सक्दिन।

दिउँसो जब ढोका खुल्यो। जेठाजुको हातमा मट्टीतेलको जर्किन् थियो। म बेस्मारी चिच्याएँ। झ्याल खोलेर पल्लो घरमा बोलाउँदै गुहार मागेँ।

गाउँलेहरु हुरुरु आए। त्यो देखेर सासुमा र जेठाजु रोकीए। उनीहरु गाउँलेसंग झगडा गर्दै थिए म भागेर पुलिसथाना गएँ।

आँगनभरी पुलिस आएर केरकार गरे। तनवीरलाई पनि थर्काए। उसले भनिदियो,'उसको पेटको बच्चा मेरो हैन!'

मेरो वाक्य बस्यो। आँखाबाट आँसु मात्रै झरे। म एकदम लाटी भएँ। तनवीर के साँच्चै आफै बोलिरहेको थियो? अझै पनि मलाई पत्यार छैन। तर के गर्नु त्यो आवाज उसैको थियो जसले मेरो मुटुमा हिर्काएको थियो।

म कहिलेकाहिँ कल्पना गर्थेँ। उसले मेरो पेट सुमसुम्याउँदै भन्ने छ मलाई तँ जस्तै विटिया चाहिन्छ। तर यहाँ त उसले अर्कै चिज भन्यो।

पुलिसले खोजिदिएको एनजीओको सेल्टरमा म कैयौँ दिन बसेँ। त्यहाँ गएपछि मलाई थाहा भयो म पनि त मान्छे हुँ। त्यहाँ गएपछि मैले थाहा पाएँ सम्मानपूर्वक बाँच्ने भनेको के हो। मैले थाहा पाएँ आफुलाई सबै भन्दा बढी माया गर्नुपर्छ र थाहा पाएँ म कमजोर छैन। त्यहाँ मैले आफैले आफैलाई भर गर्न सिकेँ, खुसी पार्न सिकेँ।

यत्ति हो तनवीरलाई विर्सिन भने सकिनँ।

तर उबाट टाढा भैजान पनि तयार पारेँ आफुलाई।

तनवीरको परिवारले महिनाको ६ हजार रुपैयाँ मानाचामल दिने भएपछि म सेल्टरमा बसिन। एक्लै कोठा खोजेर बस्न थालेँ।

तर एकदिन पेट बेस्मारि बटारियो। म असह्य बेदनाले कोठाभित्र छटपटाइरहेँ। रात पर्यो पेट खान छोडेकै थिएन। म आधा होसमा थिएँ।

ढोका खोलेर तनवीर आयो मलाई उठायो। त्यसपछि अस्पताल पुगुन्जेल म होसमै थिइन। कसरी उ आएको थियो कुन्नी?


हाम्रो बच्चा भयो बेटी। तर तनवीर त मलाई अस्पताल छोडेर गैसकेछ।
हो त नी किन बस्थ्यो र उसले भनेको थियो 'यो पेटको बच्चा मेरो हैन।'
तर, उ किन आयो मलाई बचाउन?

बेटीको अनुहार देखेपछि मैले सबै विर्सिएँ।
‍‍‍‍....
तीन महिना वित्यो।

आज पनि उ विहानै यहीबाटो आइरहेका थियो सधैँ झैँ।

उ आइरहेको हेरिरहन मलाई असाध्यै मन पर्छ। यहाँनिर आइपुग्दा मेरो नाकमा ठोक्कीने उसको गन्ध जति प्रिय त मलाई अरु केही लाग्दैन।

मलाई नहेरी गयो उ सधैँ झैँ।

आज त मलाई खिसिक्क हाँसो उठ्यो।

पहिले पहिले त एकक्षणका लागि मन सिसा झैँ झर्‍याम्म हुन्थ्यो। कति निर्मोहि हुन सकेको होला भनेर।

पहिले उ नबोले पनि जब हेर्थ्यो नि मलाई आफु संसारकी सबभन्दा राम्री स्वास्नीमान्छे हुँ भन्ने लाग्थ्यो।

‍‍‍‍‍अब म पहिले जस्ती छैन।

निक्कै फेरिएकी छु। फेरिएकी मलाई देखेर उसलाई कस्तो लाग्दो हो कुन्नी! उसले मतिर फर्केर हेरे पनि देख्थ्यो होला नि। उसले देख्थ्यो म झन् राम्री भएको, जस्तो उसलाई मनपर्ने पूर्णिमाको जून हुन्छ। देख्थ्यो म निर्धक्क हाँस्न थालेको जस्तो उसको आँगनको घण्टीफूल फक्रिदा हाँस्छ।

हाँस्नु सेहदका लागि राम्रो हो भन्थ्यो उ। मैले अहिले थाहा पाएँ हाँस्नु जिन्दगीका लागि झन् धेरै राम्रो हो।

म उस्तै छु।

उसलाई उस्तै प्यार गर्ने। उ जस्तो भएपनि मेरो प्यार त प्यार नै हो। उसले एक दिन बुझेर पनि सक्ने छैन मेरो प्यारको तागत, मेरो प्यारको मतलब।

आज उसको अनुहार सधैँ भन्दा उज्यालो देखेर मेरो मन पनि फुरुङ्गै परेको थियो।

के उसले आफ्नै दोकान खोल्ने अनुमति पायो ?


होइन रहेछ।

आजै मैले सुनेँ उसको त अर्को विहे हुँदै रहेछ। मेरो धरती फेरि एकपटक हल्लियो।

मलाई किन त्यस्तो भयो ? उ विना पनि बाँच्छु भनेर सम्झाएकै त छु आफुलाई। फेरि पनि किन उ अर्कैको हुँदैछ भन्ने सुन्दा मेरो संसारै काँप्छ?

म एकहप्ता सम्म उसलाई हेर्न अगाडीको बाटोमा गइन। उ खुसी हुन सक्नेरहेछ म विना पनि। मलाई अब देखि उसलाई हेर्न पनि मन लागेन। हो त नि किन सधैँ मैले मात्रै हेर्नु त? उसले त मलाई देख्या नदेख्यै गर्छ।

आजै विहान त हो मेरो मनले मलाई भन्यो- यहाँ तँलाई देखेर उसलाई हाँसीखुसी बाँच्न गाह्रो भयो भनेँ?

अर्को मन भन्दै थियो - तँ नभएको बेला उसलाई केही भैहाल्यो भने?

'तर के म उसको खुसी हेर्न सक्दिन?,' मेरो मनले मलाई सोध्यो।

'उसको खुसी हेर्न त सक्थेँ तर उ अर्कैको भएको कसरी हेरुँ?'

धेरै बेर कुरामा रुमलिएको मनले अन्तिम पटक भन्यो - यो गाउँ छोडेर जाउ।

त्यसपछि मन चुपचाप छ।
...

फेरि पनि कसैले ढोका बेस्कन ढकढकायो । फेरि पनि मेरो सातो गयो। के हुने हो कुन्नी। म विस्तारै ढोका निरै पुगेँ।

ढोकाको चरबाट देखेँ, तनवीर ढोकानिर मोबाइल बालेर उभिएको छ।

 

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट