हनुमानको खोजी

चुनाव
  • Get News Alerts

tata

योशा, श्रृंखु, मेधु

तिमीहरूका फेसबुक बन्द गर

कसले-कसले रेखी गर्दैछ तिमीहरूलाई

म कस-कसलाई बुझ्न जाऔं?

अँ हो म भन्दैछु यो कुरा


तिमीहरूकी आमाले जस्तै

तिम्री नाना, तिम्री छेमाले भन्दैछु यी सब

 

धेरै नकराओ

यसो गर र उसो नगर नभन

बुझ्छौ सबै कुरा समयसँगै

यही भन्थें र अँगालोमा बाँध्थे

तर त्यही हातलाई जोडी दुई करजोर बिन्ती मेरा नानीहरू

साथीकोमा बस्ने कुरा नगर

घाम डुब्नु अगावै घर आउ

जो होस् विश्वास सजिलै नगर

महसुस गरेका कुरा, भोगेका कुरा भनिहाल छिटो छिटो हामीलाई

 

बुझिदेउ न नानीहरू,

म अब तिमीहरूका आमाको लाईनमा उभेको छु

र आज बिहान फोहोरा छेउ ईन्द्रेणी देख्दा गमें

निनिषा, सेन्मी, सोना, आनवी, अमानी

मेरा जिवनका इन्द्रेणी रंग

कसरी भर्ने मैले तिम्रा जिवनमा यि सब

जब,

सँसारनै कालो बन्दैछ

हाँसोनै मेरो सुक्दैछ

जब, तिमीहरू उड्ने आकाश फैलाउने यी हात गल्दैछन्

 

तर हैन,

चिन्ता नगर प्यारा नानीहरू

तिमीहरू प्रत्येकलाई म खोज्दैछु - एक हनुमान

जसले,

चट्ट  अंगाल्नेछ तिमीलाई र भन्नेछ

“म त त्यस्तो होइन”

अनि तिम्रा हात समाई लानेछ त्यो सुनौलो घरमा

र मुस्काउँदै अनि मुसार्दै तिम्रा गाला

घरको चाबी राख्नेछ आफ्नो खल्तीमा

र च्याती छाती भन्नेछ ‘हेर त मेरो मुटुमा को छ’
अनि कोरिदिन्छ मायाको एक रेखा

र तिमी त्यो गुलाबी घरमा, गुलाबी चश्मा लगाउनु र भन्नु
“छेमा, म एकदम भाग्यमानी, कस्तो बुझिसिन्छ वहाँ”

 

हो नानीहरू, आजैदेखी म

तिमीहरूका लागि

यस्तै एउटा हनुमान खोज्नेछु

उसले नै तिम्रो हिफाजत गर्नेछ!

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट