हजुर यहाँ कोठा खाली छ कि!

चुनाव
  • Get News Alerts

tata

एकाबिहानै लगातार बजेको डोरबेलले डा.बस्नेतको एकाग्रता भंग हुन्छ। टाढै भए पनि बेडरूमबाटै हेर्न मिल्ने गरी बनाइएको मेनगेटमा चिहाउँन पुग्छन्। ‘हजुर यहाँ कोठा खाली छ कि’ गाउँबाट भर्खरै आएको विद्यार्थी जस्तो देखिने एक युवकले तलैबाट बोलेको आवाज अष्पस्ट भए पनि उनले बुझ्छन्।

नवनिर्मित आफ्नो बंगलाको एउटा कोठा मात्र भाडामा दिँदा त्यहाँ निस्कने स्टोभको आवाज र कालो धुँवा, अनि जताकतै ठोकिने किलाकाटाले बिग्रने स्वरूप, दैनिक जसो बिराएर गाउँबाट आउने पाहुनाको ताती र बाथरूम तथा गार्डेनमा हुने फोहोर कल्पेर उनले आफ्नो घरको फ्ल्याट मात्र भाडामा दिने गरेको र त्यो पनि अलि पछि मात्र खाली हुने कुरा बताउँछन्। उक्त युवक केही नबोली फर्कन्छ।

विद्यार्थी धेरै पर पुगिसकेको हुन्छ। डा.बस्नेत केही भन्न चाहेर पनि बोल्न सक्दैनन्। उनको मनमा अनौठो पश्चाताप मिश्रित विचार उत्पन्न हुन्छ। थचक्क सोफामा बस्दै टोलाउन थाल्छन्। सोच्दा सोच्दै उनी आफ्नो डेढ दुई दशक पुरानो अतितमा पुग्दछन्। त्यस्तै तथाकथित पाखे भेसमा पढ्न भनी शहर छिरेको, त्यसै गरी कोठा खोज्ने चक्करमा कैयौं दिन डुलेको अनि गतिलो एउटा कोठा नपाएर गरेको दृढसंकल्प सम्झछन् उनी।

मेहनत गरी पढेर ठूलो मान्छे भएपछि आफू जस्तै दुःखमा परेका विद्यार्थीका लागि धेरै कोठा भएको एउटा ठूलो घर बनाउँछु र सहज पढ्ने वातावरण बनाइ सस्तो मूल्यमा भाडामा दिनेछु।

‘मालिक चिया’, कान्छाको आवाजले उनी झसङ्ग भइ एकाएक वर्तमानमा फर्कन्छन्। चिया टेबलमा राख्ने इशारा गर्दै उनी त्यही कान्छाको मुहारमा दुई दशक अगाडिको आफ्नो दाइको छायाँ देख्न पुग्छन्, जो आफ्नो रोगी बुवालाई उपचार गर्दा लागेको ऋण तिर्न नसकी त्यसै गरी बडाबा कहाँ बसेर काम गर्ने गर्थे।

उनी अहिले आलिसान महलका मालिक भएका छन्। आधुनिक बिलासिताका सामानको उनीसँग कुनै कमि छैन। शहरका नाम चलेका केही अस्पतालहरुका लाखौंका शेयर उनको नाममा छ। कान्छाको मुहारमा देखिएका उनका दाइ पनि जग्गा र मानिस दलाली गरेर उनी भन्दा अझ सम्पन्नताको जीवन बाचिरहेका छन्।

टोलाइहेका उनको ध्यान, लुटपुटिदै आफूतिर आउँदै गरेको महंगो र प्रिय कुकुर लुसीले खिच्न पुग्छ, जसको लागि उनले एउटा छुट्टै कोठा छुटाएका छन् र त्यस्ता झण्डै दुई तीन जना विद्यार्थीलाई धान्ने बराबरको खर्च उसको लागि खर्चिन्छन्।

सम्झनाका तरेलीका बीच टेबलमा राखिएको चिया पिउन खोज्छन्। चिया तातै हुन्छ तर उनको मन त्यो भन्दा धेरै तातो र उकुसमुकुस वातावरणमा डुबुल्की मार्दै तैरैदै गरिरहेको हुन्छ।

‘ब्रेकफास्ट तयार छ, लिन आईस्यो हजुर’, श्रीमतिको आवाजले अझै बेचैनी थपिदिन्छ। बिहे गर्नुपूर्व र अहिले अवस्थामा ससुराली पक्षले गर्ने व्यवहारमा आएको अन्तर सम्झन्छन्। होइन यी कुसम्झनाहरू पनि विपत्ति झै एकैपटक किन आएका होलान् ? बारम्बारको बोलावट पछि पनि केही जोर नचलेपछि बर्बराउदै श्रीमति उनकै सामुन्ने भएपछि संग्लो तन्द्रामा आइपुग्छन्। ‘किन आज हजुरलाई सन्चो छैन कि क्या हो, मुहार पनि मलिन देख्छु त?’ श्रीमतिको प्रश्न पाखा लगाउँदै उनी आफ्नो स्मार्टवाच हेर्छन्, आठ बजिसकेको हुन्छ। आफ्ना मंहगा मोवाइल हेर्छन्, क्लिनिक तथा अस्पतालबाट दर्जनौ मिस्डकल र मेसेजहरू।

सधै हतारमा देखिने उनलाई आज किन किन क्लिनिक जाने जाँगर चल्दैन। नौ नारी गलेर आएको भान हुन्छ ।

‘बाबा बाबा’ भन्दै दौडदै नजिकै पुगेकी छोरीको आवाजले उनको मुहारको अलिकति परिवर्तन गरिदिन्छ। छोरीलाई काखमा लिँदै अनायासै उनको मनमा बाध्यात्मक र बिरोधाभासयुक्त विचार उत्पन्न हुन्छ। उनी सोच्छन्, संसारको नियम नै यस्तै छ, जो कुमालेको चक्र झै घुमिरहेको छ। दुःखसुख भनेका जिन्दगीका अवयव नै हुन्। अनि दुःख नगरी सुख कहाँ पाइन्छ र? अहिले त्यो विद्यार्थीले दुःख नगरे उसको भविष्य कसरी उज्वल हुन्छ?, आदि इत्यादी कुरा मनमा खेलाउँदै उनी आफ्नो विगतलाई वर्तमानले ढाकछोप गर्छन्। श्रीमतिलाई लन्च प्याक तयार गर्न लगाउँदै हतार हतार तयार भई क्लिनिक जान आफ्नो महंगो कारमा पस्छन्। मेनगेट खुल्छ। कार विस्तारै बाहिर निस्कन्छ।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट