खरायो र सिंहः सिक्वेल टू

चुनाव
  • Get News Alerts

tata

‘आईस तँ’ आफ्नो सिग्नेचर गर्जनका साथ वनका सो कल्ड राजा सिंह, दि लायन। हाउ फन्नी, कसले क्वाइन गरेको होला सिंह ईक्वल टु वनको राजा। स्वघोषित हो कि विभूषित ? हुम सो ईभर क्वाईन्ड, छु मतलब ?

यसलाई त म उल्याई हाल्छु नि। लगेर फेरि त्यही बाटोको ईनारमा नकोचिकन कहाँ छाड्छु भन्ने सोचेर आएको छट्टु उपनाम पाएको खरायो त थुरथुर हुँदै, देब्रे तिरको भित्री तिघ्रा सुलसुल भिजाउँदै – ‘आएँ।’
‘ढिलो आईस नि ?’

खरायो (मनमनै) –‘यो सिंह मुर्ख छ भन्ने कुरा त थाहा थियो र यसलाई फेरि मुर्ख बनाउँछु भन्ने पनि आत्मविश्वास छ तर समयसँग चल्नुपर्छ भन्ने पनि थाहा रहेनछ यो मोरोलाई ? जीउ मोटो भयो भने दिमाग पनि मोटो हुन्छ भनेको हो रहेछ कि क्या हो ? ईनारको किस्सा त रेडिमेड नै थियो नि। बाटोभरि म मेरो बूढीसँग फेसबुकमा च्याट गर्दै आएकोले ढिलो भएको कुरा यो मोटो बुद्धिलाई के थाहा ? लुट फिलिममा दिमाख लगा पासा दिमाग भन्थ्यो, यो मोरोलाई के थाहा ? दिमाख के, फिलिम कस्तो हुन्छ, के थाहा ?’

तर पनि सानो छँदा हामी बाउ आमासँग पैसा माग्नुपर्दा बहाना जस्तै दायाँपट्टिको अगाडिको खुर कान नेर लग्दै ‘अँ’

‘अब तिमीले बाटोमा म जस्तै सिंह देखें। एउटै जंगलमा दुईटा सिंह कहाँ हुन सक्छ र ? म पो वास्तविक राजा त। ओरिजिनल सिंहलाई ल्याएर अहिल्यै दुधका दुध, पानीका पानी गर्छु भनेर बहाना बनाएर आएँ भन्ने होला, हैन ?’

आफूले मनमनै प्लान गरेर आएको कुरा ठ्याक्कै भनिदिए जस्तो भावमा ‘हो, हो’ भने। सो कल्ड चलाखी अपनाउन सिपालु खरायोको पिसाब छुलुक्क छुल्किने गरी ७.८ रेक्टर स्केलमा सिंह द लायन पुनश्चः गर्जेर –‘पाजी मलाई मुर्ख ठानेका छौ। मैले त्यो दुई कक्षाको किताबमा छापिएको पुरानो भर्सनको खरायो र सिंहको कथा पढेको छैन भन्ठानेको ? यु रास्कल, मैले प्रौढ शिक्षा पढेको छु, ईंगलिसका लागि रैपिडेक्स बुक्स पनि पढेको छु, थाहा छ तँलाई ?’

ओन्ली गड नोज यो कुरा। तैपनि यो कुरा सुनेर खरायो चाहिँ ठाउँका ठाउँ बेहोश हुन लाग्यो।

सिंहले आफ्नो विद्वता वर्णन गर्न छोडेको थिएन। ‘म सालेप मात्र होइन, मैले ज्ञानविज्ञानका कुरा पनि धेरै पढेको छु।’

सालेपलाई सिंहले आपूmलाई आपैंmले ‘साले म’ भन्दैछ भन्ने भन्ठानेर खरायो त फेरि ट्वाँ तर

सिंह दि लायन –‘मेरो मतलब साधारण लेखपढ भनेको।’

खरायो त झनै ट्वाँ, तैपनि एऽ एऽ बुभेंm भन्ने भावमा मुख बनाए द पिट्टी एण्ड पोर ¥याबिट द खरायोले।

‘मैले प्रकाशका परावर्तनका नियमहरु पढेको छु। विशेष परिस्थितीमा पानीको सतहले ऐनाको काम गर्ने प्रक्रिया पनि पढेको छु। तर यु रास्कल, मलाई ईनारमा लगेर, ईनारको डिलबाट ईनारको पानीमा मेरो मुखाकृति देखाई, मलाई मेरै फोटोकपी, नो नो आई मिन मेरै पानीकपीलाई अर्को सिंह भनेर छक्याई, मलाई ईनारमा फाल हाल्न लगाउने तिम्रो दाउ होला हैन ?’

चोर पक्रिए सरह अगाडिपट्टिको माथिल्लो दुईटा ईन्साइसर दाँत ङिच्च देखाउन बाध्य भए विचरा खरायो।

सिंह आफ्नो रिसलाई निरन्तरता दिँदै – ‘सी, पुरानो भर्सनको खरायो र सिंहको कथामा कथाको प्लट नै मिल्दैन। मेरो मतलब, नेपालमा ईनार छ तर जंगलमा हैन। काठमाण्डौ उपत्यका तथा नेवार बस्तीमा हो, धेरै जसो ईनार सिनार पाइने। त्यसमािथ नेपालमा हाम्रो सगोलीय सिंह पनि त पाईंदैन। त्यो बेलाको नेपालमा भए कुन्नि ? सिंह त अफरिकामा हुन्छ, अफरिकामा तर पुरानो कथामा उल्लेह गरे जस्तै त्यहाँको जंगलमा पनि ईनार पाउन गाह्रो छ। पुरानो कथामा अफ्रिकी जंगलमा भनेर किटेको छैन क्यारे। सम्भवतः नेपाली जंगल नै सोचेर त कथा बुनेको होला नि ? तर पनि दक्षिण छिमेक तिर छापेको कथाको किताब न प¥यो।

सगरमाथा र लुम्बिनी त उतै पर्छ भनेर भ्रम पैmलाउनेले, यो त झिनामसिना कुरा भैगो नि।’

सिंहका यी सारा वृत्तान्त सुनेपछि खरायोलाई ४४० भोल्टको करेन्ट लागे जस्तै भयो। खरायोलाई त ‘सिंहलाई खत्तम पारेर घर फर्किँदैछु भनेर हैन कि म चाहिँ आज चिलिम हुँदैछ भनेर’ आफ्नो श्रीमतीलाई एसएमएस पठाउन मन लाग्यो। पोर ¥याबिट त टम एण्ड जेरी कार्टुनमा बेलाबखत टम (बिरालो) टत्र्mयाकटुक्रुक्क टुक्रिई धुजा धुजा हुन्छ नि, त्यस्तै भयो।

सिंह फेरि हाईस्केलमा गर्जिए – ‘तँ मुला खरायो, मलाई उल्याई, मलाई ईनारमा हाम फाल्न लगाई, तिमी गाउँ फर्केर, युद्ध जितेर आएँ भन्ने कल्पिँदै थियौ होला होइन ? यु नो, आई क्यान स्विम (पौडिन सक्छु) भेरि वेल।’

‘इभन इफ आई वुड ह्याभ जम्प्ड ईन्टु दि वेल आई क्यान सर्भाइभ टिल आई एम रेस्क्युड बाई माई कलिग्स (तिम्रो कुरा सुनेर ईनारमा फाल हाली हालेको भएपनि मलाई मेरा सगोलीय मित्रहरु आई उद्धार नगरेसम्म बाँची रहन सक्थें।) आई एम नट लाईक ड्याट ओल्ड पोर लायन।’

सिंहको धाराप्रवाह ईंगलिश छँटाई सुनेर खरायो त पानी पानी भयो। यसैबेला पर कतैबाट ब्याकग्राउण्डमा कुन चाहिँ एफएमबाट हो नलिना चित्रकारले गाएको पानी पानी भयो मेरो मन पनि गीत पो गुँजिन थाल्यो।

खरायोलाई आफ्नो ईंग्लिसमाथि दया लाग्यो। विचरा खरायो, शिर निहुराएर बस्नुको विकल्प भएन।

‘टाउको उठा, थुतुनो देखा, आँखामा आँखा जुधा एक बाउको सन्तान हो भने ...’

विचरा खरायोले एक दुई, तीन गरि मनमनै गन्न पो थाले, तर पनि, विचरा खरायोलाई आपूm कति जना बाउको सन्तान हो के थाहा ? घरबाट हिँडने बेला ममीलाई सोध्न भुसुक्कै बिर्सेछ। त्यसमाथि सिंहले यो प्रश्न सोध्ला भन्ने अनुमान पनि गरेका थिएन नि।

‘म तँलाई खान्नँ, म तँलाई माफी दिन्छु।’

सिंहबाट यो अनौठो एवं अप्रत्याशित निर्णय सुनेपछि खरायोलाई आफ्नो जीउमा हजारौं कमिला दौडेसरि काउकुती लाग्यो। सिंहको खुट्टामा लुत्पुतिएर ‘थ्यांक यू, थ्यांक यू, भेरि मच’ भन्न मन लाग्यो।

सिंहको थप गर्जाईले झसङ्गै भयो। ‘आज। तँ पुरानो कथामा जस्तो आफ्नो चलाकीले मलाई खत्तम पारी जिते हासिल गरेको जस्तो नभई तँलाई यो मोर्डन यराको लायन द किङले तिम्रो जीवन बकस भएको भन्ठान्नु।

तिमीलाई यसरी ज्यान बक्स हुनुमा कारण छ। म यत्ति स्मार्ट होला भनेर स्पेकुलेट गर्न नसकेकोमा हीन भाव पैदा होस्। र, यु शुड फिल गिल्टी एण्ड एशेम्ड ओभर यर चलाकी। यर चलाकी गो टु हेल। ‘चुल्लु भर पानीमें डुबके मर’ भन्छ नि हो त्यसकै लागि छोड्छु। के मुखले, के बहाना बनाई, के पुरुषार्थले आफ्नो बखान गर्दै गाउँमा फर्किन्छ म पनि हेरौंला नि।

खरायो त आफ्नै अगाडि अजङ्गको अजिङ्गर ठडिएर ठुङ्न ठिक्क परेको देखे भैं सप्याक सुपुक्क सुके।

‘क्षमा दिन सक्नु ठूलो कुरा हो, त्यसैले म माफ दिन्छु ल जा’

तर ओठ प्याक प्याक सुकाएरै भएपनि – ‘तपाईंले मलाई शिकार बनाउनु भएन भने तपाईं त भोकै हुन्छ नि ...’

‘तँ पानी मरुवालाई खानु भन्दा त भोकै रहनु वेश। मलाई यस्तो उस्तो ठानेको ? तिमीहरु जस्तो रुन्चे पिन्चेलाई खाँदा खाँदा वाक्क भईसकें, आई गट बोर्ड विथ यु पिपल, यह दिल मागे कुछ डिफरेन्ट, आई वान्ट टु

ह्याभ डिफरेन्ट टेष्ट। म आज केएफसीबाट फ्राईड चिकेन र चिकेन डम्पलिङ मगाई खान्छु।’

खरायो त फेरि भण्डै ठाउँका ठाउँ बेहोश हुन लागेको।

‘कसले ल्याइ दिन्छ नि ?’

सिंहले झट्टै फिर हिराफेरिका परेश रावललाई सम्झदैं – ‘छँदैछ छ नि, डेलिभरी स्कुटी ब्वाईहरु, ४५ मिनेट भित्र अर्डर डेलिभरी गर्न सकिनँ भने फ्रि भन्ने स्किम सहित’

खरायो त हो र भन्ने भावमा दुवै आँखी भौं उचाल्दै, औपचारिकता निभाउँदै, लास्टमा मलाई पनि अंग्रेजी आउँछ भन्ने भावमा – ‘ओ के थ्यांक यू, अल दि बेस्ट, ईन्ज्वाए यर केएफसी मिल भन्दै’ फर्के।

बाटोमा (एक्लै भुत्भुताउँदै) – ‘साला, आज नराम्ररी बेवकुफ बनायो सिङ ईज किङले’

मुड अफ भएर आईरहेको बेला कछुवा दि टरट्वाइजले ल आईज आज फेरि रेस्लिङ खेलौं भन्ने भावले पर्खिरहेको रहेछ। रेस्लिङ भनेर कुस्ताकुस्ती हैन, रेस क्या रेस, आई मिन दौड। खैर मोर्डन भर्सनको खरायो र कछुवा बीचको दौड नेक्स्ट टाईम, आजलाई यति। ईतिश्री

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट