म उद्योगनै खोल्छु
पार्टी खोल्दिनँ
पार्टी खोल्दा राजनीति गर्नुपर्छ
आँखा सद्धे भए पनि अन्धो बन्नुपर्छ
चलेका उद्योग धमाधम बन्द गर्नुपर्छ
त्यसैले चट्याङ बा
म पार्टी खोल्न सक्दिनँ
पार्टी खोलेपछि नाकाबन्दी गर्नुपर्छ
तल्लाघरे मिजार काकालाई दलित भन्नुपर्छ
धोती लाउनेलाई मधिसे भन्नुपर्छ
टोपी लाउनेलाई पहाडिया भन्नुपर्छ
आफूलाई मैले चुच्चे भन्नुपर्छ
सुब्बेनी फुपुलाई बुच्चे भन्नुपर्छ
त्यसैले म पार्टी खोल्दै खोल्दिनँ
चट्याङ बा म पार्टी खोल्दिनँ
पार्टी खोलेपछि
राजनीति गर्नुपर्छ
छलछाम गर्दै चुनाव जित्नुपर्छ
बहुमतको नाममा सेतोलाई कालो
सोझोलाई बाङ्गो भन्नुपर्छ
मनले मान्दै नमानी
सहिछाप लाउनुपर्छ
त्यसैले म पार्टी खोल्नै सक्दिनँ
चट्याङ बा !
म पार्टी खोल्दै खोल्दिनँ
उद्योग नखोल पार्टी खोल भन्नु भो
पार्टी खोले पछि
अगाडि पछाडि लश्कर लाउनै पर्छ
तिनलाई पाल्न चन्दा भन्दै
हप्ता असुल्नै पर्छ
चरी घैंटे राम्रो भन्दै
सिफारिस बोकेर धाउनु पर्छ
मेरो मनले मान्दै मान्दैन
त्यसैले चट्याङ बा!
म पार्टी खोल्दै खोल्दिनँ
चट्याङ बा!
मैले पार्टी कसरी खोल्नु
रेलिङ भाच्न सक्दै सक्दिनँ
स्कुल कलेजमा आगो लाउनु पर्छ
कुदिरहेको बसमा बम फ्याक्नु पर्छ
सरकारी गाडीमा ढुंगा हानुपर्छ
केटा केटीलाई जुलुशमा लाउनुपर्छ
म बाट त्यो हुँदै हुन्नँ
त्यसैले म पार्टी खोल्नै सक्दिनँ
पार्टी खोले पछि
राजनीति गर्नुपर्छ
नेता कहलिएर देश हाक्नुपर्छ
छिमेकी रिझाउन आँगन खन्नुपर्छ
कुर्सि जोगाउन पैताला चाट्नु पर्छ
म त्यो सब गर्ने सक्दिनँ
स्वाभिमान मेरो बेच्नै सक्दैन
त्यसैले म पार्टी खोल्नै सक्दिनँ
ए चट्याङ बा !
म पार्टी खोल्दै खोल्दिनँ
चट्याङ बा तिमीले सिकाको हैन र?
ढाट्नु हुन्न छल्नु हुन्न
कसैलाई कहिल्यै नढाट्नू
कसैलाई हेर नठग्नू
नछल्नू तिमीले कसैलाई
अनि त्यो मैले कसरि बिर्सनू
पार्टी खोले पछि राजनीति गर्नै पर्छ
राजनीति गरेपछि ठग्नु पर्छ
ढाट्नु पर्छ लुट्नु पर्छ
त्यो म बाट हुनै सक्दैन
त्यसैले म पार्टी खोल्दै खोल्दिनँ
धेरै कच् कच् गर्यौ भने
म बोल्दै बोल्दिनँ!!
srdhakal@gmail.com
दमक, झापा